Shikhar Insurance

सोमबार तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८० माघ १५, सोमबार १५:२४
NIMB
Nabil Bank

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १०.२६ अंकले बढेर २१०४.७२ बिन्दुमा बन्द भएको छ  । सोमबार ३११ कम्पनीको १ करोड २३ लाख २२ हजार ७ सय ५ कित्ता सेयर किनबेच भएको हो ।

सोमबार तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । युनियन हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, मिड सोलु हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको हो। साथै, बिन्दाबसिनि हाइड्रोपावरको ८.७० प्रतिशत, उपर स्याङ्गे हाइड्रोपावरको ८.४३ प्रतिशत सहित १५० कम्पनीको सेयर मूल्य बढेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्