Shikhar Insurance

मंगलबार १४.८८ अंकले बढ्यो सेयर बजार, साढे ५ अर्ब बढीको कारोबार

सिंहदरबार संवाददाता
२०८० माघ १६, मंगलवार १५:०९
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १४.८८ अंकले बढेर २११९.६१ बिन्दुमा बन्द भएको हो ।

मंगलबार ३०८ कम्पनीको १ करोड ५१ लाख ७८ हजार ३ सय ६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५ सय ९३ रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमायन रिइन्स्योरेन्सको कारोबार भएको छ । आज तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । मंगरबार मिड सोलु हाइड्रोपावरको सेयर मूल्य ८.३५ प्रतिशतले घटेको छ र १० कम्पनीको कम्पनीको सेयर स्थिर रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्