Shikhar Insurance

राष्ट्रिय जीवन बीमा कम्पनीको तीन आर्थिक बर्षको एक्चुरियल भ्यालुएसन स्वीकृत

सिंहदरबार संवाददाता
२०८० माघ १७, बुधबार १६:१८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणले राष्ट्रिय जीवन बीमा कम्पनीको आव २०६७/६८ देखि २०६९/७० सम्मको बीमांकीय मूल्यांकन (एक्चुरियल भ्यालुएसन) स्वीकृत गरेको छ ।

प्राधिकरणको आज बसेको सञ्चालक समितिको बैठकले राष्ट्रिय बीमा कम्पनीको तीन आर्थिक वर्षको एक्चुअरी भ्यालुएसन स्वीकृत गरेको बीमा कार्यकारी निर्देशक राजुरमण पौडेलले सिंहदरबारलाई जानकारी दिए । पौडेलले भने ‘प्राधिकरणको आज बसेको सञ्चालक समितिको बैठकले राष्ट्रिय बीमा कम्पनीको तीन आर्थिक वर्षको एक्चुअरी भ्यालुएसन स्वीकृत भएको छ’ ।

Citizen Life
Kumar Bank
Nepal Life

बिगत लामो समयदेखि कम्पनीको वार्षिक साधारणसभा र लेखापरीक्षण भएको छैन । अब प्राधिकरणबाट एक्चुअरी भ्यालुएसन स्वीकृत भएसँगै कम्पनीको ती आर्थिक वर्षको वित्तीय विवरण पास गर्ने बाटो खुलेको छ । बीमा प्राधिकरणले अब वित्तीय विवरण पारित गरेमा कम्पनीले उक्त तीन आर्थिक वर्षको वार्षिक साधारणसभा आह्वान गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्