Shikhar Insurance

नेको इन्स्योरेन्सको ‘इन्स्योरेन्स सोलुशन एप’ सार्वजनिक, मोबाइलबाटै बीमा सुविधा पाइने

सिंहदरबार संवाददाता
२०८० माघ १९, शुक्रबार १९:२८
NIMB
Nabil Bank

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले इन्स्योरेन्स सोलुशन मोबाइल एप सार्वजनिक गरेको छ । आज एक कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले उक्त एपको उद्घाटन गरेका छन् ।

नेको इन्स्योरेन्सको सो एपको प्रयोगले मोबाइलबाटै बीमा सम्वन्धी सुबिधाहरु सवारी बीमा, बिदेश जाँदा गरिने आवधिक बीमा लगाएतको सुबिधा पाइने कम्पनीले वनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अध्यक्ष सुर्य प्रसाद सिलवालले आफ्नै मोबाइलबाट घरको बीमा गरेर इन्स्योरेन्स एपको आौपचारिक शुभारम्भ गरेका हुन् । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेको इन्स्योरेन्सका सिइओ अशोक कुमार खड्काले बीमालाई प्रबिधिमैत्री बनाउन मोबाइलबाटै बीमा गर्न सकिने व्यवस्था गरिएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्