Shikhar Insurance

आठ–दश हजार निर्माण ब्यवसायीले ठेक्का लिएर कामै नगरी अलपत्र पारिरहेका छन् : अध्यक्ष सिंह

सिंहदरबार संवाददाता
२०८० माघ २०, शनिबार २१:१२
NIMB
Nabil Bank

मनहरि । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले देशको समृद्धिको संवाहक निर्माण व्यवसायी रहेको बताएका हुन् । हेटौँडामा निर्माण व्यवसायी सङ्घ मकवानपुरको २४औँ वार्षिकसभामा उनले देशको समग्र भौतिक संरचना निर्माण व्यवसायीको महत्वपूर्ण भूमिका रहने भएकाले राज्यले व्यवसायीलाई सहज ढङ्गले काम गर्ने वातावरण बनाइदिनुपर्ने बताएका हुन । उनले सार्वजनिक खरिद ऐन र नियमावली पूर्वाधार र व्यवसायीमैत्री नभएको बताउँदै उक्त ऐन संशोधनको आवश्यकता रहेको उल्लेख गरे । उनले महासङ्घ अब साना व्यवसायीलाई पनि साथमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

उपभोक्ता समितिमार्फत काम गर्दा ध्यान दिन व्यवसायीलाई आग्रह गर्दै स्रोत सुनिश्चितता नभएका काम योजनामात्रै राख्न आग्रह गरे । “स्रोत सुनिश्चिता नभएका योजनाले गर्दा हामी समस्यामा बढी परेका छौँ । त्यसतर्फ तीन तहकै सरकारले ध्यान दिनुपर्छ”, अध्यक्ष सिंहले भने । उनले देशभर २४ हजार निर्माण व्यवसायी रहेको र आठ–दश हजारले कम बजेटका आयोजना मात्रै ठेक्का लिने र काम नगर्ने गरेकाले निर्माण व्यवसायी बदनाम हुनु परेको समेत उल्लेख गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

सरकारसँग चरणबद्ध आन्दोलन गरेर म्याद थपका विषयमा सहमति जनाए पनि सरकारको निर्देशन कर्मचारीले नमान्दा पनि निर्माण व्यवसायी समस्यामा परेको उनको भनाइ थियो । कार्यक्रममा प्रदेशसभा सदस्य एकलाल श्रेष्ठले निर्माण व्यवसायीबाट भएको कमजोरी हटाउनुपर्ने बताउँदै अस्वस्थ प्रतिस्पर्धाको अन्त्य हुनुपर्नेमा जोड दिए । उनले स्रोतको सुनिश्चितता नभइ ठेक्का लाग्ने र काम अलपत्र छाड्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए ।

निर्माण व्यवसायी सङ्घ मकवानपुर सङ्घका अध्यक्ष बालगोपाल कँडेलको अध्यक्षतामा सम्पन्न सभामा नेपाल निर्माण व्यवसायी महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष इन्जिनियर आङदोर्जे लामा, महासचिव रोशन दाहाल, बागमती प्रदेश अध्यक्ष सुमित श्रेष्ठलगायतको आतिथ्यता थियो । रासस

 

GBIME

प्रतिक्रिया दिनुहोस्