Shikhar Insurance

हिमालयन डिष्टिलरीले गर्यो १५ प्रतिशत नगद लाभांश सेयरधनीको खातमा जम्मा

सिंहदरबार संवाददाता
२०८० माघ २१, आईतवार ११:०६
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले घोषणा गरेको १५ प्रतिशत लाभांश सेयरधनीको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा माघ ३ गतेदेखि आईपिएस मार्फत जम्मा गरेको हो ।

हालसम्म पनि हितग्राही खातामा बैंक खाता विवरण अद्यावधिक नगराएको सेयरधनीलाई कम्पनीले यथाशिघ्र अद्यावधिक गराउन आग्रह गरको छ । विवरण अद्यावधिक गराएपछि लाभांश रकम बैंक खातामा जम्मा गरिने कम्पनीले सूचना मार्फत जानकारी गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, आ.व २०७२/७३ देखि आव २०७८/७९ सम्मको नगद पुरानो लाभांश लिन बाँकी रहेका सेयरधनीलाई कम्पनीको सेयर रजिष्ट्रार श्री नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड नक्साल, काठमाडौंमा सम्पर्क गरी लाभांश बुझिलिन बंकले आग्रह गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्