Shikhar Insurance

सिद्धार्थ प्रिमियरका लगानीकर्तालाई ११ प्रतिशत नगद लाभांश

सिंहदरबार संवाददाता
२०८० माघ २२, सोमबार १०:१७
NIMB
Nabil Bank

काठमाडौं । सिद्धार्थ प्रिमियर इनस्योरेन्सका लगानीकर्ताले ११ प्रतिशत नगद लाभांश पाउने भएका छन् । कम्पनीको सञ्चालक समितिले आर्थिक बर्ष २०७९।८० को नाफाबाट लगानीकर्तालाई ११ प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि कम्पनीका लगानीकर्ताले सो मात्रामा नगद लाभांश पाउनेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९ सय रुपैयाँ रहेको छ । सो पुँजीको ११ प्रतिशतले हुने ३० करोड ८७ लाख २० हजार ४ सय ८९ रुपैयाँ बराबरको नगद लाभांश(करसहित) दिन लागेको हो । साबिकको सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्ज भएर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बनेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्