Shikhar Insurance

लेबनान–इजरायल सीमामा भिडन्त : २ जनाको मृत्यु

सिंहदरबार संवाददाता
२०८० माघ २२, सोमबार ११:३७
NIMB
Nabil Bank

एजेन्सी । दक्षिणपूर्वी लेबनानी गाउँ अल–तैबेहमा इजरायलले गरेको हवाई आक्रमणमा विगत २४ घण्टामा २ हिजबुल्लाह लडाकुको मृत्यु भएको छ । साथै दुई जना सर्वसाधारण घाइते भएका हुन् ।

सिभिल डिफेन्स र मुस्लिम स्काउट एशोसिएशनका आधिकारिक स्रोतहरूले हवाई हमलाले चार भवन पनि ध्वस्त पारेको छ । गाउँका अन्य घरहरुमा पनि आंशिक रूपमा क्षति पुगेको छ । लेबनानी सैन्य स्रोतहरूले इजरायली लडाकु विमानहरूले गत २४ घण्टामा सीमा क्षेत्रका लक्ष्यहरूमा २१ आक्रमणहरू गरेको बताए । दक्षिणी लेबनानको २५ शहर र गाउँहरूमा धेरै आक्रमण भएको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले इजरायली लडाकु विमानहरूले अल–तैबेहमा एक हिजबुल्लाह सैन्य भवन र मिसाइलहरूको भण्डारण स्थललाई ध्वस्त पारेको छ । यसैबीच, हिजबुल्लाहले आफ्ना लडाकुहरूले इरोन र एविभिमको इजरायली बस्ती र अन्य धेरै इजरायली साइटहरूमा आक्रमण गरेको बताएको छ । हिज्बुल्लाहले इजरायलमा हमासको आक्रमणको समर्थनमा अघिल्लो दिन इजरायल तर्फ दर्जनौं रकेट प्रहार गरेपछि लेबनान–इजरायल सीमामा अक्टोबर ८ देखि तनाव बढेको हो । हिजबुल्लाह र इजरायल बीचको भिडन्तमा लेबनानी पक्षमा २४४ जनाको मृत्यु भएको छ । जसमा १७६ हिजबुल्लाह सदस्यहरू र ३९ नागरिकहरू छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्