Shikhar Insurance

ग्लोबल आइएमई बैंकका ग्राहकहरूलाई दराजमा १५ प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० माघ २२, सोमबार १५:४७
NIMB
Nabil Bank

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ । फेब्रुअरी ५ देखि अप्रिल ३० सम्म (३ महिना) संचालनमा रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिद मुल्यमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १० प्रतिशत वा ५ सय रुपैयाँ सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा ७५० रुपैयाँ सम्म छुट पाउनेछन् । ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई विशेष छुटकोे अनुभव सुनिश्चित गर्दै आएको छ । यसरी बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्