Shikhar Insurance

भारतमा सडक दुर्घटनामा परी ५ जनाको मृत्यु

सिंहदरबार संवाददाता
२०८० माघ २२, सोमबार १६:४३
NIMB
Nabil Bank

एजेन्सी । भारतको उत्तर प्रदेश राज्यको कार दुर्घटनामा परी ४ बालबालिकासहित कम्तीमा ६ जनाको मृत्यु भएको स्थानीय प्रहरीले सोमबार जनाएको छ । कानपुर जिल्लामा वर्षा र कुहिरोका कारण दृश्यतामा कमी आउँदा सडक दुर्घटना भएको हुनसक्ने प्रहरीले घटनास्थलको प्रारम्भिक निरीक्षणपछि बताएको बताएका हुन् ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका दुई किशोरलाई स्थानीयले उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरेका छन् । छिमेकी राज्य मध्य प्रदेशमा विवाह पूर्वको समारोहबाट फर्किरहेका उनीहरूको गाडी दुर्घटनामा परेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

उत्तर भारतका धेरै भागहरूमा विगत केही दिनदेखि बिहानको समयमा बाक्लो कुहिरो लागिरहेको छ । यसले हवाई, रेल र सडक यातायातमा प्रतिकूल प्रभाव पारेको छ । उत्तर भारतका पहाडी राज्यहरू हिमाचल प्रदेश र उत्तराखण्डका केही क्षेत्रहरूमा शनिबारदेखि हिमपात भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्