Shikhar Insurance

एभरेष्ट बैंकका ग्राहकहरुले धनगढी नेत्रालयमा विशेष छुट पाउने

सिंहदरबार संवाददाता
२०८० माघ २३, मंगलवार १२:४१
NIMB
Nabil Bank

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र धनगढी नेत्रालय प्रा.लि., धनगढी कैलालीबिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त नेत्रालयको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।

बैंकका वरिष्ठ प्रबन्धक सतिश प्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर डा.रविधर भण्डारीद्घारा हस्ताक्षरित उक्त सम्झौता लागू भएसंगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारिक सदस्यहरुले उक्त अस्पतालबाट ओपिडी तथा आईपिडी र चश्मा तथा फ्रेममा ५५ सम्मको विशेष छुटको लाभ लिन सक्नेछन् । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेत्रालयका अध्यक्ष गजेन्द्र बहादुर चन्दको उपस्थितिमा हस्ताक्षरित उक्त समारोहमा बैंकका सुदुर पश्चिम प्रदेशका प्रादेशिक प्रबन्धक श्री उज्वल कुमार पोखरेलको समेत उपस्थिति रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाईको यस बैंकमा हालसम्म १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६४ ए.टि.एम् सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एस्.एम्.एस् बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्