Shikhar Insurance

आगामी केही वर्षमा भारतले ऊर्जा क्षेत्रमा ६७ अर्ब अमेरिकी डलर लगानी गर्ने : प्रधानमन्त्री मोदी

सिंहदरबार संवाददाता
२०८० माघ २५, बिहीबार १३:१३
NIMB
Nabil Bank

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऊर्जा क्षेत्रमा आगामी ५–६ वर्षमा ६७ अर्ब अमेरिकी डलर लगानी गर्ने बताएका छन् । गोवामा भारत ऊर्जा सप्ताहको दोस्रो संस्करणको उद्घाटन गर्दै मोदीले उक्त टिप्पणी गरेका हुन् ।

सरकारको सुधारका कारण घरेलु ग्यासको उत्पादन बढ्दै गएको र प्राइमरी इनर्जी मिक्समा ग्यासको प्रतिशत ६ बाट १५ प्रतिशतमा पु¥याउने प्रयास भइरहेको प्रधानमन्त्री मोदीले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

आगामी ५–६ वर्षमा करिव ६७ अर्ब डलर लगानी हुने उहाँको भनाइ थियो । सरकारले सन् २०२५ सम्म पेट्रोलमा २० प्रतिशत इथानोल मिसाउने लक्ष्य राखेको छ । गत वर्ष इण्डिया इनर्जी वीकमा ८० भन्दा बढी रिटेल आउटलेटमा २० प्रतिशत इथानोल मिसाउने कार्यको स्मरण गर्दै मोदीले यी आउटलेटहरूको संख्या बढेर ९ हजार पुगेको बताए । भारत ऊर्जा सप्ताह २०२४ मा विभिन्न देशका लगभग १७ ऊर्जा मन्त्रीहरू, ३५ हजार भन्दा बढी सहभागीहरू र ९ सय भन्दा बढी प्रदर्शकहरूको सहभागिता हुने अपेक्षा गरिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्