Shikhar Insurance

उद्योग परिसंघ र चिनियाँ राजदूतबीच व्यवसायिक सम्बन्ध विस्तारबारे छलफल

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १, मंगलवार १५:४६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग परिसंघ र चिनियाँ राजदूत छन् सोङ्बीच छलफल भएको छ । लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारलगायत विषयमा परिसंघ र सोङबीच छलफल भएको हो ।

छलफलमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले पर्यटन, सूचना प्रविधि, जलविद्युत, कृषि, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा चिनियाँ लगानी तथा प्रविधि आकर्षित गर्न पहल गरिदिन आग्रह गरे । छलफलमा बोल्दै अग्रवालले भने, नेपाल सरकारले लगानी आकर्षित गर्न विद्यमान कानूनहरुमा सुधार गर्न लागेको छ । उनले चीन र भारतबीच अवस्थित नेपालको उत्पादनमुलक क्षेत्रमा लगानी गरी फाइदा उठाउँन आग्रह गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

छलफलमा चिनियाँ राजदूत सोङले चीनले नेपालको संमृद्धिलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । उनले नेपालले तत्काल धेरै क्षेत्रमा लगानी गर्न नसक्ने भएकाले उच्च सम्भावना भएका निश्चित क्षेत्रहरु पहिचान गरी ती क्षेत्रको उत्पादन बृद्धिमा केन्द्रित गर्नुपर्ने बताए । पर्यटनका लागि नेपाल उच्च सम्भावना भएको मुलुक भएकाले पर्यटक भित्र्याउँन सोही अनुरुप पूर्वाधार तथा सेवाको स्तरोन्नती गर्नुपर्ने भन्दैै उनले उर्जा, जडिबुटी, पर्यटन, सूचना प्रविधि, कृषि, उत्पादनमुलक उद्योगलगायत लगानीको उपयुक्त क्षेत्र रहेको बताए ।

छलफलमा परिसंघका पुर्व अध्यक्ष हरीभक्त शर्मा, उपाध्यक्षद्धय निर्वाण चौधरी, हेमराज ढकाल, गभर्निङ्ग काउन्सिल सदस्य शिवरतन शारडा, पदाधिकारी सदस्य छाया शर्मा, परिसंघ आइटी काउन्सिल सभापति अजित विक्रम शाह, कृषि समिति सभापति विकास दुगड, महानिर्देशक दीपक राज जोशीलगायत सहभागि थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्