Shikhar Insurance

रफाहमा सैन्य कारबाही रोक्न इजराइललाई चीनकाे आग्रह

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १, मंगलवार १७:४८
NIMB
Nabil Bank

एजेन्सी । चीनले मङ्गबार इजरायललाई गाजाको रफाह सहरमा सैन्य कारबाही सकेसम्म चाँडो रोक्न आग्रह गरेको छ । यसै सन्दर्भमा यदि लडाइँ निरन्तर चलिरहेमा गम्भिर मानवीय प्रकोप हुने चेतावनी दिएको छ । चीनले रफाह क्षेत्रको घटनाक्रमलाई नजिकबाट हेरिरहेको उल्लेख गर्दै नागरिकलाई हानि पुर्याउने, अन्तरराष्ट्रिय कानुन उल्लङ्गनकार्यको विरोध तथा निन्दा गरेको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे हाे ।

बेइजिङले इजरायललाई छिटै सैन्य कारबाही रोकी रफाह क्षेत्रमा गम्भीर मानवीय प्रकोप रोक्न निर्दोष नागरिकको जीवन रक्षा गर्न आवाश्यक प्रयास गर्न आग्रह गरेको छ । इजरायलले हमाससँग युद्धविराम गर्न बढ्दो अन्तरराष्ट्रिय दबाबको सामना गरिरहेको छ । यसैबीच दक्षिणी गाजा सीमावर्ती शहर रफाहमा आक्रमणको तयारी गरिरहेको छ जहाँ दस लाखभन्दा बढी विस्थापित प्यालेस्टिनी फसेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

गत हप्ता युद्धविरामका लागि हमासका सर्त अस्वीकार गरेपछि इजरायलले सोमबार राफाहमा बिहान छापा मारेको थियो । जसले दुई जना बन्धकलाई मुक्त गर्यो भने करिब सय जनाको ज्यान लियो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले रातको अपरेशनलाई प्रशंसा गर्दै प्यालेस्टिनी विदेश मन्त्रालयले दर्जनौँ नागरिकहरूको नरसंहार बारम्बबार भएको बताएको छ ।

हवाई आक्रमण अन्तर्गत दुर्लभ उद्धार अभियान नेतान्याहूले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग कुरा गरेको केही घण्टापछि आएको थियो, जसले राफाहमा भएको ठूलो आक्रमणको विरोध गरेका छन् । संयुक्त राष्ट्रसङ्घले पनि इजरायललाई नागरिकको रक्षा गर्ने योजना बिना राफाहमा भूमि आक्रमण नगर्न चेतावनी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्