Shikhar Insurance

राष्ट्रिय जीवन बीमाको खुद नाफा ४४.१४ प्रतिशत, कस्ता छन् अन्य सूचकहरु ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २, बुधबार १८:१६
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आवको दोस्रो त्रैमासिक अवधिमा आफ्नो सूचकहरु सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ४४.१४ प्रतिशतले बढेर १ करोड ४२ लाख ८८ हजार ४ सय ३० रुपैयाँ पुगेको छ । चालु आवको ६ महिनामा कम्पनीले आफ्नो खुद नाफा ४३ लाख ७५ हजार ७ सय ९१ रुपैयाँ कमाएको छ । कम्पनीले गत आर्थिक वर्ष सोहि अवधिमा जम्मा ९९ लाख १२ हजार ६ सय ३९ रुपैयाँ नाफा आर्जन गरेको थियो । यो कम्पनीको नाफा बीमांकीय मूल्यांकन अघिको हो ।

चालु आवको ६ महिनामा कम्पनीले  ६ अर्ब ४१ करोड ४७ लाख ९२ हजार ३ सय ८१ रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको कुल बीमाशुल्क ६ अर्ब १४ करोड ५० लाख ५ हजार ५ सय ८० रुपैयाँ रहेको थियो । अर्थात् ४.३९ प्रतिशत रहेको छ ।  सोहि अवधिमा कम्पनीको चुक्ता पूँजी १८ करोड १० लाख २० हजार रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

चालु आवको सो अवधिमा कम्पनीको नबीकरण बीमा शुल्क ५ अर्ब ८४ करोड ४६ लाख रहेको छ । गत आवको सोहि अवधिमा कम्पनीको नविकरण बीमा शुल्क ५ अर्ब ७६ करोड ९४ लाख रहेको थियो ।

साथै, चालु आवको ६ महिनामा कम्पनीको जगेडा कोषमा ४९ करोड ८० लाख ६२ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको कमिशन खर्च ९ करोड ९ लाख रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको कमिशन खर्च ९ करोड १३ लाख रुपैयाँ रहेको थियो । कम्पनीको इपिएस १५ रुपैयाँ ७९ पैसा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्