Shikhar Insurance

स्वरोजगार लघुवित्तको साधारण सभा फागुन २६ गते, के-के छन् मुख्य एजेण्डा ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३, बिहीबार १०:३१
NIMB
Nabil Bank

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले साधारण सभा बोलाएको छ । सभा फागुन २६ गते शनिबार, १५ औं वार्षिक साधारण सभा नेपाल हाउस, हात्तीसार, काठमाडौंमा दिउँसो साढे ११ बजे आव्हान गरेको हो ।
सभामा संस्थाले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभामा सार्वजनिक (एफपीओ) निष्कासन गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ । सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरि सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन पनि गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

सभामा आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा/नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले फागुन १३ गते आइतबार बुक क्लोज गर्दैछ ।

साथै, साभा प्रयोजनको लागि फागुन १० गतेसम्म कायम सेयरधनीले मात्रा सभामा भाग लिन पाउँनेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्