Shikhar Insurance

दूध बिक्रीमा समस्या आएपछि चितवनका किसान चिन्तित

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३, बिहीबार १५:५१
NIMB
Nabil Bank

चितवन । पछिल्लो समय जिल्लाबाट उत्पादित दूध दुध बिक्रीमा कमी आएको छ । जिल्ला बाहिरका २८ देखि ३० वटा दुग्ध उत्पादक संस्थाले नियमित दूध उठाउँन छाडेपछि दुध बिक्रीमा कमी आएको हो ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष किशोर बगालेका अनुसार कम्पनीहरूले हप्ताको एकपटक मात्रै दूध उठाउने गरेका छन् । उनले भने,“दूध उठ्न छाड्यो । अब कसरी बिक्री वितरण गर्ने ?” जिल्लामा दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमध्ये १ लाख ५० हजार लिटर बाहिरी जिल्लामा जाने गरेको थियो । दूध बिक्री हुन नसक्दा किसान चिन्तित भएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बगालेका अनुसार जिल्लाबाट बाहिर जाने दूध उठ्न छाडेपछि यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले दुग्ध उत्पादक किसानलाई सताउँन थालेको छ । उनले भने,“हामीले प्रदेश र सङ्घीय सरकारका मन्त्री, मुख्यमन्त्री र प्रधानमन्त्रीलाई समेत जानकारी गराइसकेका छौँ । अहिलेसम्म समस्याको समाधान हुनसकेको छैन ।”

बाहिरबाट आयातित दुग्धजन्य वस्तुका कारण यहाँ उत्पादित वस्तुको बिक्री वितरण हुन नसकेको बगालेले बताएका छन् । उनले भने,“रात्रिबसमा लुकाइछिपाई न्वाउनी, पाउडर दूधलगायत वस्तु भारतीय नाकाबाट आउने गरेका छन् ।” सरकारले प्रतिबन्ध गरेका वस्तुसमेत चितवनका बजारमा भेटिँदा स्थानीय प्रशासनले खासै चासो नदिएको उनले आरोप लगाएका छन् । बगालेले भने,“यही अवस्था रहे किसान आन्दोलनमा उत्रनु बाहेक अरु विकल्प छैन”, किसानहरू सडक सङ्घर्षमा उत्रिएर आफ्नो समस्याको समाधान आफैँले खोज्नुपर्ने दिन नजिकिएको उनको भनाइ छ ।

रामनगरमा रहेको चितवन मिल्क उद्योगमा उत्पादित वस्तु खपत नहुँदा बन्द गरेपछि अझै समस्या थपिएको दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष बगालेले बताएका छन् । उनले भने,“दूध उत्पादक किसानले असोजदेखिको भुक्तानी नपाउनु र निजी संस्थाले दूध नलानुले किसान मारमा परेका छन् ।”बगालेका अनुसार अहिले केही मात्रामा दुग्ध विकास संस्थान (डिडिसी)ले दूध उठाउँने गरेको छ । निजी संस्थाहरूले लैजाने दूधमध्ये केही मात्रामा संस्थानले लैजाने भए पनि धेरै दूध उठ्न नसकेको उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्