Shikhar Insurance

इजरायलले राफाहमा आक्रमण बढाए अथाह सङकट हुने डब्ल्यूएचओको त्रास

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३, बिहीबार १८:१७
NIMB
Nabil Bank

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार दक्षिणी गाजा पट्टीको सहर रफाहमा इजरायली भूमि आक्रमणको सम्भावित विस्तारले निम्त्याउन सक्ने अथाह सङ्कटको चेतावनी दिएको छ ।

डब्ल्यूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले राफाहबाट भर्चुअल प्रेस ब्रीफिङमा बोल्दै सहरमा जम्मा भएका १.५ मिलियन मानिसहरु सुरक्षित नभएको तथा विस्थापनको नयाँ लहरले थप घाइते भएको बताएका छन् । यसले मानिसहरूको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याई स्वास्थ्य प्रणालीलाई पतनको संघारमा धकेल्न सक्ने पिपरकर्न जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

रफाहमा आंशिक रूपमा कार्यरत अस्पतालहरूले वास्तविक आवश्यकताको तुलनामा केवल चार सय ५० सैया सहित सेवा प्रदान गर्ने गरेको डब्ल्यूएचओ प्रतिनिधिले बताएका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समितिले बुधबार रफाको विनाशकारी अवस्थाबारे यस्तै टिप्पणी गरेको थियो । खाना, पिउने पानी, सरसफाई, स्वास्थ्य सेवा र सुरक्षाको समेत अभाव रहेको रेडक्रसले जनाएको छ ।

निरन्तर तनाव र डरले चोटपटक, उमेर र अशक्तता लगायतका धेरै बासिन्दाहरू कमजोर अवस्थामा छन् । सामान्य सङ्क्रमण तथा रोगबाट मृत्यु हुने जोखिम बढेको मानवतावादी सङ्गठनले जनाएका छन् । नोभेम्बरदेखि फेब्रवरी नौ सम्म, डब्ल्यूएचओका लगभग ४० प्रतिशत मिसनहरू उत्तरी गाजामा पुगेका छन् । जस मध्ये ४५ प्रतिशत दक्षिणमा सहज बनाइएका छन् भने बाँकी अस्वीकार गरि स्थगित गरिएको पिपरकर्नले उल्लेख गरेका छन् ।

स्वास्थ्य एजेन्सीले तत्काल युद्धविराममा पुग्न नसके पनि महत्वपूर्ण सहायता प्रदान गर्न निरन्तर मानवीय सहयोगका प्रक्रयाहरु कोरिडोरहरू जारी राख्न आह्वान गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्