Shikhar Insurance

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ४, शुक्रबार ११:४६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । बैंकले फागुन १ बाट ४ अर्ब ४ करोड रुपैयाँ बराबरको प्रतिइकाई १ हजार रुपैयाँको दरमा ऋणपत्र निष्कासन गरेकाे हाे ।

जसमध्ये १६ लाख १६ हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ भने बाँकी २४ लाख २४ हजार इकाई सर्वसाधारणका लागि खुला भएको छ। यसमध्ये ५ प्रतिशत अर्थात ८० हजार ८ सय कित्ता ऋणपत्र सामुहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । नेपाल इन्भेष्टमेन्ट मेगाले १० वर्ष अवधिको ‘१० प्रतिशत एनआइएमबी डिबेन्चर २०९०’ जारी गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर दिने छ । यता, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ

 

GBIME

प्रतिक्रिया दिनुहोस्