Shikhar Insurance

नेप्सेद्धारा संगठित संस्थाको वर्गिकरण “ए” वर्गमा महालक्ष्मी विकास बैंक

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ४, शुक्रबार १३:०६
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)द्धारा संगठित संस्थाको वर्गिकरणमा “ए” वर्गमा परेको छ । आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गर्ने संस्थाहरु “ए” वर्गमा पर्ने ब्यवस्था अन्तर्गत बैंक “ए” वर्गमा पर्न सफल भएको हो ।

धितोपत्र सुचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम चुक्ता पुँजी कम्तीमा १ अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा ३ वर्ष पुरा भएको, क्रेडिट रेटिङ्ग संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ्ग प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण पेश गरेको तथा आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र वार्षिक सभा सम्पन्न गरेको संस्थाहरु “ए” वर्गमा पर्ने ब्यवस्था रहेको छ र सोही बमोजिम महालक्ष्मी विकास बैंक “ए” वर्गमा पर्न सफल भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, बैंकको पौष २८ गते सम्पन्न भएको २२ औँ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउने प्रस्ताव समेत पारित भएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्