Shikhar Insurance

नबिल बैंक र हेयर एण्ड शान्ति युनिसेक्स सलुनबीच सम्झौता

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ४, शुक्रबार १८:५८
NIMB
Nabil Bank

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सलुनमा विशेष छुट पाउने सम्झौता भएको छ । समझदारी पत्रमा नबिल बैंकका रिटेल ट्रान्जेक्सन विभागका प्रमुख निरज शर्मा र हेयर एण्ड शान्तिका युनिसेक्स सलुनकी संचालक बिनीता बुढाथोकीले हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार नबिल बैंकका ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, एन बैंक वा बैंक ट्रान्सफर मार्फत् भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्ति हुनेछ । यस्तो छुट हेयर कट, कलरिङ, केराटिनजस्ता केश सज्जाका सेवा तथा मेनिक्योर–पेडिक्योर, नेल आर्टलगायत अनुहार र सौन्दर्य लगायत सम्पूर्ण सेवामा उपलब्ध हुने उल्लेख गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नबिल बैंक र हेयर एण्ड शान्तिबिच भएको समझदारीले नबिल बैंकका ग्राहकलाई सहुलियत मूल्यमा सौन्दर्यमा सेवा लिन सहयोग पुग्नेछ । नबिल बैंक नेपालको एक अग्रणी वाणिज्य बैंक हो भने हेयर एण्ड शान्ति केश सज्जा र सौन्दर्यमा सेवा दिँदै आएको निजी क्षेत्रको अग्रणी कम्पनी हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्