Shikhar Insurance

बैंकिङ कसुर तथा सजाय ऐन संसद पुग्यो, के के हुँदैछन् संसोधन ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ६, आईतवार १९:३६
NIMB
Nabil Bank

काठमाडौं । सरकारले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संसोधन बिधेयक संसदमा दर्ता गराएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आइतबार बिधेयक संसदमा दर्ता गराएका हुन् । लामो समयदेखि पेचिलो बन्दै आईरहेको बैंकिङ कसुर तथा सजाय सम्बन्धी ऐनले संसदमा प्रवेश पाएको हो ।

प्रतिनिधिसभाको बैठकले ‘बैंङ्किङ कसूर तथा सजाय(दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । यो विधेयकमाथि संशोधन प्रस्ताव हाल्न चाहने सांसदलाई ७२ घण्टाभित्र प्रतिनिधिसभा विधेयक शाखामा संशोधन प्रस्ताव बुझाउन भनिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकिङ तथा वित्तीय प्रणालीको कारोबारमा हुनसक्ने चेक अनादर जस्ता कसूरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउन यो ऐन ल्याउन लागिएको हो ।

त्यस्तै यस्ता कसूरको सजाय र अदालती प्रक्रियालाई थप सरल एवम् पारदर्शी बनाउन कानुनी व्यवस्था गर्न आवश्यक रहेको भन्दै अर्थ मन्त्रालयले गत असोजमा यो विधेयक दर्ता गरेको हो । बैंङ्किङ तथा वित्तीय संस्थामा रकम भएको झुट्टा विवरण पेश गरेर अन्य व्यक्तिलाई धोका दिई ठगी गरी सम्पत्ति खाने जस्ता प्रवृत्ति बढेपछि संशोधित कानुन ल्याउन लागिएको हो ।

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ संसोधन बिधेयक २०८० को पूर्णपाठ

GBIME

प्रतिक्रिया दिनुहोस्