Shikhar Insurance

पत्रकारिता क्षेत्रलाई विकसित, व्यवसायिक र समृद्ध बनाउन सरकार प्रतिवद्ध छ: मन्त्री शर्मा

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ७, सोमबार १४:४६
NIMB
Nabil Bank

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई विकसित र व्यवसायिक बनाउन सरकार प्रतिवद्ध रहेको बताएकी छन् । सोमबार राष्ट्रिय समाचार समितिको ६३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले अख्तियार गरे अनुरुपको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

उनले पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यवसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा सरकार प्रतिवद्ध र क्रियाशील रहेको बताइन् । उनले विगतमा राजनीतिक अधिकार प्राप्तिका लागि पत्रकारिता र राजनीतिक क्षेत्रले सँगसँगै संघर्ष गरेको भन्दै अब राजनीतिक उपलब्धीको रक्षा, यसको सुदृढीकरण र जीवनस्तर÷अवस्था बदल्नका लागि पनि पत्रकारिता र राजनीतिक क्षेत्र सँगसँगै हुनु जरुरी रहेको बताइन् । उनले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रीत रहेर गणतन्त्रको स्थायित्व र जनताको जिवन रुपान्तरणमा सिंगो मुलुकलाई एकतावद्ध गरेर लैजाने प्रयास गरिरहेको बताइन् । सरकारले नक्कली भूटानी शरणार्थी, ललिता निवास, सुनको अवैध ओसार–पसार लगायतका भ्रष्टाचारको छानविनलाई दृढतापूर्वक सहयोग गरिरहेको पनि उनले उल्लेख गरिन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले भनिन्  ‘प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउनेगरी आम सञ्चारको क्षेत्रमा नीति र कानून निर्माणमा जोड दिनुपर्छ । यसतर्फ हाम्रो ध्यान केन्द्रित भएको छ । नेपालको संविधानले अख्तियार गरेको पुर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यवसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा सरकार प्रतिवद्ध र क्रियाशील छ । अब राजनीतिक उपलब्धीको रक्षा, यसको सुदृढीकरण र जीवनस्तर/अवस्था बदल्न महत्वपूर्ण भुमिका खेल्न जरुरी छ । यसको लागि फेरि एकपटक हामी सँगसँगै हुन जरुरी छ । सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रित रहेर गणतन्त्रको स्थायित्व, र जनताको जीवन रुपान्तरणमा सिंगो मुलुकलाई एकतावद्ध गरेर लैजाने प्रयास गरिरहेको छ ।

मन्त्री शर्माले सरकारका स्वामित्वमा रहेका सञ्चार माध्यमहरु हिजोका निरंकुश सरकारका पालामा रहेका सञ्चार माध्यमजस्ता होइनन् । अहिलेका सञ्चार माध्यमहरुले सरकारले गरेका राम्रा कामहरु जनसमक्ष पु¥याउने, जनताका आशा, अपेक्षा, गुनासालाई कलात्मक ढंगले सरकारको समक्ष पु¥याउने र त्यो कुरालाई सम्बोधन गर्नका लागि आवश्यक सहजीकरण गर्ने काम पनि सरकारी मिडियाहरुले गर्नुपर्छ उनले बताइन्।’

 

GBIME

प्रतिक्रिया दिनुहोस्