Shikhar Insurance

‘लघुबीमा नै बीमाको बिउ हो, विपन्न नागरिकहरुको बीमा गराईरहेका छौं’

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ८, मंगलवार १२:३७
NIMB
Nabil Bank

काठमाडौं । विराटनगर प्रधान कार्यालय रहेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ‘चिरायु भण्डारी’। उनले नेपाली बीमा क्षेत्रमा विभिन्न कम्पनीहरुको लामो अनुभव सँघालिसकेका छन् । नेपाल पुनर्बीमा कम्पनीको सीईओ देखि प्राईम लाइफ इन्स्योरेन्सका डीसीईओको रुपमा समेत उनले यस अघि काम गरिसकेका छन् । प्रस्तुत छ उनै भण्डारीसँग इन्स्योरेन्स टकले गरेको कुराकानीको सम्पादित अंश ।

विराटनगर केन्द्रय कार्यालय छ यहाँहरुको, काठमाडौंमा आउँनु भएको छ नि ?                                                  काठमाडौं त कहिलेकाही व्यालेन्सीटहरुको लागि आउँनुपर्छ । यहीबाट व्यालेन्सिट पेश हुन्छ, त्यसैको लागि आएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

तपाईहरुको सीईओ, डीसीईओ, उच्च व्यवस्थापन बस्ने गरी कार्यालय संरचना बनेको त होइन ?                                  होइन, त्यो त उता पनि बनेको छ यता पनि कहिलेकाही आउँदा बस्ने ठाउँ त चाहीयो नि ।

सम्पर्क कार्यालय हो ?
होइन प्रादेशिक कार्यालय हो ।

त्यहाँ आफ्नो लागि टेबल कुर्सी छ ?
त्यो त छ ।

लाइसेन्स पहिलो लिनु भयो , अहिलेसम्म जम्माजम्मी ८१ लाख रुपैयाँ प्रिमियम उठाउनु भएको रहेछ । साढे पाँच हजार पोलिसी बेचिएको छ यसरी कम्पनी चल्छ त ?
त्यो त बिस्तारै चल्छ नि । एकैपटक कुनै पनि चिजमा सामान्य आँपको रुख पनि रोप्ने बित्तीकै फल्दैन नि ।

‘मर्निङग सोज द डे’ भन्या जस्तै संचालनमा आएको ६, ७ महिनामा एक करोड रुपैयाँ पनि प्रिमियम उठाएको छैन । संचालन खर्च त्यो भन्दा धेरै होला ?
त्यो त पक्कै छ नि । यसमा बिस्तारै बिस्तारै आउँछ । महिनै पिच्छे बढ्दै जान्छ । कात्र्तिकमा २० लाख गरेर मंसिरमा ३० लाख, ४० लाख प्रिमियम आएको छ, घटेको छैन ।

मान्छेले बजारमा गाईगुई भन्न थाले अब माइक्रो इन्स्योरेन्सलई मर्जर हुन वा ठूला कम्पनीसँग मिल्नुको विकल्प छैन भनिन्छ नि ?
भन्नेहरुलाई हामीले छेक्न सक्दैनौ । माइक्रो इन्स्योरेन्स भनेको बीमाको बिउ हो । यसले बीमाको जनचेतना बढाउँछ । हाम्रोमा बीमा बजार पचास वर्ष नाघिसक्दा इन्स्योरेन्स बाहिर भएका मान्छे धेरै छन् । मैले त यसो हेर्छु न भारी बोक्नेको इन्स्योरेन्स छ, न भाँडा माँझनेको इन्स्योरेन्स छ न अति व्यस्त व्यक्तीहरुकै इन्स्योरेन्स भएको छ ।

बाटोमा भारी बोक्नेलाई आफ्नो क्लाईन्ट देख्छु भन्नु हुन्छ गरिबहरुको बीमा गरेर त नाफा आउँदैन होला ?
नाफा भनेको त बिस्तारै आउँछ नि । एकै पटक नाफा हुन्न ।

संचालकहरुले नाफा खोज्छन् नि ?
माइक्रो इन्स्योरेन्समा त्यस्तो तत्कालै नाफा आउँदैन भन्ने उहाँहरुलाई थाँहा छ ।

क,ख,ग,घ वर्ग राष्ट्र बैकले चिन्छ तपाईहरुको पनि वर्ग छुट्टिसकेको छ । माथिबाट तल आउँदा महङ्गो पर्छ नि ?
यसमा हाम्रो उल्टो छ के । हामी तलबाट जाँदा नै सस्तो पर्छ । अहिले एक लाखको बीमा गर्दा कम्तीमा एक सय ३१ रुपैयाँ लाग्छ । जति उमेर बढ्यो त्यति नै प्रिमियम बढ्ने बीमाको सिद्धान्त नै त्यही हो । एक सय ३१ रुपैयाँको बीमा गरेर हामीले प्रिमीयम कम गर्न डिजिटल रुपमा पोलिसी बेच्न थाल्यौ ।

ग्रामिण भेगमा डिजिटल पोलिसी बेच्न गाह्रो होला नि त ?
त्यो त अहिले जम्मै टिकटक, फेसबुक चलाएका छन् । धेरैका छोराछोरी विदेश गएका छन् म्यासेन्जर चलाएका छन् । हामीले हाम्रो एजेन्ट मोविलाइज गरेर काम गरिरहेका छौं ।

तपाईहरुको टार्गेट घोषित ग्रुप को हो ?
हाम्रो लो इनकम ग्रप, सिमांतकृत गु्रप हुन् । जो चाही बीमाको पहुँचभन्दा टाढा छन् बीमाको बारेमा बुझेका छैनन् उहाँहरु हो ।

तपाईले देशदौडाहबाट कस्तो प्रतिक्रीया पाउँनु भयो ?
रेस्पोन्स निकै राम्रो छ । पोजेटिभ नै छ । कतिपय ठाउँमा भेला गर्न स्थानिय निकायहरुसँग सहकार्य गरिरहेका छौ ।

माइक्रो फाइनान्स बदनाम भएकाले तपाईहरुलाई गाली गर्दैनन् नी ?
गाली गर्दैनन् । माइक्रोले क्लेम नतिर्दा नतिर्ने भए गाली गर्लान् । अहिले हामीले दाबी भुक्तानी २४ घण्टा भित्रै तिर्ने गरी काम गरिरहेका छौं ।

तपाईहरुको वोर्किङ फम्र्याट के हो ?
हामीले सिम्पल कुरा गर्छौ । अनलाइन फर्म र डेथ सर्टिफिकेट गरि जम्मा दुई वटा कुरा माग्छौ । हामीले तमसुक माग्दैनौ ।

थोरै प्रिमियम उठाउँदा एजेन्टहरुलाई मोटिभेट गर्न गाह्रो हुन्न ?
बिस्तारै मोटिभेट हुन्छन् नि । पुरानो एजेन्टले १८ प्रतिशत माग्दा तर नयाँ नयाँले त्यस्तो गर्दैनन् ।

तपाईहरुले एजेन्टलाई दिने कमिशन कति छ ?
बीमा प्राधिकरणले जति तोकेको छ हामीले त्यति नै दिने हो । टर्म पोलिसीमा १० प्रतिशत अरुमा जे रेसियो छ त्यही हुन्छ ।

एजेन्टहरुको रेक्युटमेन्ट कसरी गर्नु हुन्छ नि ?
हामीले तालिम दिन्छौं ।

लाइसेन्स चाही ?
लाइसेन्स बीमा प्राधिकरणबाट दिन्छौं ।

सानो आम्दानीका लागि तालिम लिएर प्राधिकरण धाउन गाह्रो हुँदैन ?
उहाँहरुको डकुमेन्ट मागेर हामीले आफै काम गछौं नि ।

लिखित परिक्षा दिनुपर्ला नि ?
दिनुपर्छ । त्यो पनि अनलाइनबाटै हुन्छ ।

आजको दिनमा एउटा नागरिकले माइक्रो इन्स्योरेन्सको पोलिसी बेचेर घर खर्च चलाउँन, जीवन चलाउँन सक्छ त
?
डेफिनेट्ली सक्छ नि । हामीसँग टर्म मात्र छैन, दीर्घायु बचत जस्तो बचत र ग्यारेन्टी हुने प्लान छ । भोलिका दिनमा बोनस नदिने प्राधिकरणको निर्णय भए पछि हामीले दिने बाटो र सस्टेन हुने बाटो अपनाएका छौं ।

तपाईहरुले अहिले बेचेका प्रोडक्ट कति वटा छन् ?
अहिले हामीले बेचेको प्रोडक्छ २ वटा छन् । टर्म र दीर्घायु बचत छन् ।

ती प्रोडक्टको रेस्पोन्स कस्तो छ ?
राम्रो छ ।

बजारीकरणको नेटवर्क कत्रो बनाउँनु भयो ?
बजारीकरणको नेटवर्क बिस्तारै बढ्दै छ । १८ वटा शाखा छन्, पाँच सय हाराहारीमा एजेन्टहरु बनाएका छौं । महिनै पिच्छै तालिम संचालन गरिरहेका छौं ।

सातै प्रदेशमा पुग्नु भयो ?
प्रदेश नम्बर ६ मा चाही पुगेका छैनौं, अलिअलि छुनछुन लागेको छ ।

बजार कहाँ रहेछ ?
पहाड, तराई जहाँ पनि छ ।

सहज चाही कहाँ रहेछ ?
सहज त अब दुईचार अक्षर पढेकै ठाउँमा छ ।

ठूला कम्पनी छोडेर तपाईकोमा मान्छे आउँदा रहेछन् है ?
आउँछन् नि बैंक छोडेर मान्छे माइक्रोफाइनान्समा गएका छन् त । छिटो पोलिसी हुन्छ, अनलाइन पोलिसी हुन्छ, हराउँदैन नि ।

ठूला कम्पनीसँग प्रतिस्पर्धा गर्न कतिको सक्नुहुन्छ ?
ठूला कम्पनीले जग बसाइसकेका छन् त्यो भत्काउँन गाह्रै हुन्छ, बिस्तारै हुन्छ नि ।

यहाँ प्रोटेक्टेड बिजनेशको बाढी छ । ठूलालाई आउँन नदेउ भन्न सकिन्न ?
त्यस्तो त हामीले भन्न मिल्दैन । भन्यो भने पनि सरकारले भन्ने हो ।

लविङ गर्नु भएको छैन ?
छैन ।

माइक्रो गरिबका लागि हो, तीन तहका सरकार देशमा छन् । तल्लो तहमा कस्तो छ तपाईहरुको सम्बन्ध ?
हामीले स्थानिय सरकारसँग वडा अक्ष्यक्षसँग मिलेर काम गरिरहेका छौं । जोखिम पर्दा दाह संस्कारकालागि पाँच हजार दिनु होला त्यो पैसाले सय जनाको बीमा हुन्छ त । ६ नम्बर प्रदेशमा बीमा गरेकाले भुकम्प जाँदा अस्ती त्यस्तो पैसा पाए । भोलि भोट पाउँन पनि उहाँहरुलाई सहज हुन्छ । विरगंजकै कुरा गर्ने हो भने १७ वर्षदेखि ४० वर्षसम्म समुहमा यूवा लक्षित, किसान लक्षित कार्यक्रम संचलान भएको छ । त्यसमा बीमाशुल्क हामीले नै दिएका छौँ ।

तपाईहरुले स्पेशल प्रोडक्ट ल्याउँनु पर्ला नि त ?
पर्छ । तर, अहिलेकम प्रिमियममा बेनिफिट दिन्छौ ।

एक्चुरीयल भ्यालुयसन गराउँनु पर्ला । अन्य खर्चहरु नि धेरै होलान् । अन्य अन्तराष्ट्रिय बाटो केही अपनाउँन सकिन्छ कि ? बास्केट फण्ड बनाउँन सकिन्न ?
कोशिस त गरेका थियौ सकिएन ।

फस्टमा आएपछि तपाईहरुले मेहनत गर्ने लाभ चाही अरुले उठाउँलन नि फेरी ?
केही छैन त्यसमा त । बिस्तारै माइक्रो उठाउने त हो नि । ए कम्पनीले नगरे बी कम्पनीले गर्ने हो । जस्ले गरे पनि हुन्छ जनचेतना बढाउने काम हो ।

सरकारले बीमा पोलिसी जारी गर्यो । सरकारी सम्पत्तीको बीमा गराउँन नीति चाहियो भन्ने बेला भयो होला नि ?
त्यो हेर्दै जाउँ । कोसिस गरौं अब ।

कुरा भएको छ ?
कुरा भएको छैन । बजेट आउँने बेलामा कुरा गर्नुपर्छ ।

माइक्रो इन्स्योरेन्सको संगठित हुने कुरा गर्नु भएन ?
माथि माथिबाट कुरा भइरहेको छ । सरेण्डरभन्दा मेलमिलापमा जाने कुरा भएको छ । ठूला संगठनले हात समातेर तान्नु भएन भने हामीले पनि माइक्रोको संगठन खोल्नु पर्ला ।

सरकारले बजेट निर्माणको तयारी गरिरहेको छ । केन्द्रिय सरकारसँग गरिबी निवारणकालागि केन्द्र सरकारले आर्थिक जोखिम बोक्न केही भन्ने बेला भएन र ?
प्रत्येक कुरामा माइक्रोलाई प्रोत्साहन दिने भन्ने कुरा छ तर काम भएको छैन ।

सरकारले निरपेक्ष गरिबीको रेखामुनी रहेका नागरिकहरुका लागि केही योजना तय गरेको छ कि ?
स्थानिय निकाय आफैले गरेका छन् । स्वास्थ्य बीमा सरकारको भन्दा बाहेकका बीमा गरिएको छ । कोशीमा केन्द्र सरकारभन्दा बाहेक उपचारका कुराहरुमा त्यस्तो काम गरि रहेका छन् । स्थानिय सरकारले काम गर्दा केन्द्र सरकारको आँखा खुल्ला भन्ने हाम्रो सोच छ ।

वर्षमा पाँच सय वा हजार  मात्र तिर्नेलाई इन्डोमेन्ट प्लान बेच्नु भएको छ त ?
अहिले छैन । तर, त्यो सम्भव चाही छ ।

अहिले बेच्नु भएको चाही कस्तो इन्डोमेन्ट पोलिसी हो ?
अहिले त्यसमा पनि वार्षिक तीन हजार रुपैयासम्म २५ सयको चाही बेचिरहेका छौ । दुई पाँच सय रुपैयाँमा किन्न मिल्ने चाही बनाउँदैछौं ।

तपाईहरुलाई पाँच लाख रुपैयाँको क्याप तोकिएको छ । त्यो क्यापको र्यासनल के हो ? १० लाख दिए हुन्थ्यो भन्ने लाग्या छ कि ?

राष्ट्र बैंकले वर्ग अनुसारको क्याप तोकेजस्तो हामीलाई तोकेको हो । हामीले गरिबकोमा पुगौ भनेर पाँच लाख रुपैयाँ दिएको हो । हामी साना किराना पसल, खुद्रा पसलमा जान्छौ । मेरो विचारमा त्यही हो ।

पाँच लाखको क्यापले बोक्न नसक्ने जोखिम आउँला भन्ने यहाँहरुलाई लागेको छैन ?
छैन, छैन । त्यस्तो त लागेको छैन किनभने हामीसँग रि इन्स्योरेन्स व्याक अप छ ।

आजसम्मको प्राक्टीसले त्यही भन्छ ?
हजूर त्यही भन्छ ।

तपाईहरुले पुनर्बीमा त सबै नेपालमै गर्नु हुन्छ ?
नेपालमै गर्नु पर्ने भन्ने हाम्रो निर्देशिकामै छ । हामीले पाँच लाखमा ट्रिटीमा, रिटेन्सनमा दिनुपर्छ बाहिर दिँदा त्यसैले हो

उठेको पैसा कहाँ लगानी गर्नु हुन्छ अब ?
निर्देशिका छ, बैंकहरुमा लगाउने हो ।

कोर इन्भेष्टमेन्ट गर्ने ठाउँ छैन ?
पैसो हुनुपर्यो नि ।

भएको पैसा, क्यापिटलबाट चलाउँनु भएको छ ?
क्यपिटलमा नै त चलाएको छैन

साहुहरु के भन्नु हुन्छ ?
बिस्तारै काम गरौ पुगिन्छ भन्नु हुन्छ ।

महिला, बालबालिका कस्को प्रोडक्ट बेच्ने हो त्यसको बाटो पहिचान भएको छ ?
हामीले आवश्यकता हेर्छौ । तल्लो स्तरमा के छ आवश्यकता अनुसार हेर्छौ । आय आर्जन गर्ने मान्छेको मुत्यु हुँदा बत्ती निबेको जस्तो हुन्छ । हामीले पूर्व, पश्चिम र मध्यको आवश्यकता हेरेर बेच्ने हो ।

तपाईहरु अण्डरराईटिङको उच्च जोखिममा हुनुहुन्छ नि ?
छैन, त्यस्तो केही छैन ।

फर्डमा त सचेत हुनुपर्यो नि ?
त्यसमा त सबै हामीले डिजिटल सिस्टमबाट गरेका छौं । त्यसमा पोलिसी काटेको मिनेट पनि हेर्न मिल्छ । पोलिसी काटेको भोलिपल्ट ग्राहककोमा फोन जान्छ । हामीले सोधेर अण्डरराईटिङको बारेमा थाहाँ पाउँछौं ।

तपाई त राष्ट्रिय बीमा कम्पनी, नेशनल लाइफ, नेपाल पुनर्बीमा कम्पनी, तत्कालिन प्राईम लाइफमा काम गर्नु भयो । धनाड्यबाट गरिबहरुको संगतमा पुग्नु भएको छ । जिन्दगीको यो पाटोलाई कसरी हेर्नु हुन्छ ?
यो पाटोलाई सबैभन्दा सुखद पाटो मानेको छु । आफ्नो देशको रुटमा पुग्न पाएको छु । देशको बीमा आवश्यक भएको गु्रपमा म पुगेको छु नि । पचास लाख आम्दानी भएको मान्छे मर्दा भन्दा गरिबको संरक्षण मर्दा त्यहाँ ठूलो क्षती पुग्ने देखिन्छ । क्रिया खर्च नहुने घरमा त बीमा झनै चाहिन्छ नि ।

तीन वटा क्लेम सेटल गर्दा कस्तो लागेको छ ?

मैले भनिहाले नि २४ घण्टामा हामीले भुक्तानी दिन्छौ । बेलुका ६ बजे आएको क्लेम भोलिपल्ट बिहान ११ बजे सेटल गरेर पठायौं ।

कस्तो केस थियो त्यो ?
नर्मल । डेथ केस थियो । अर्को केस पनि आयो ।

उनीहरुका परिवारले के भन्नु भयो ?
रोएर खुशी व्यक्त गरे । हाँसेर होइन, रोएर । दुखको बेलामा मनमा खुशी राखेर आउँनु भएको थियो ।

माइक्रो इन्स्योरेन्सले गरिबहरुका लागि काम गर्छन् ?
एक्दमै गर्छन्, गर्नु पनि पर्छ । नेपाल सरकार र बीमा प्राधिकरणले त्यसकै लागि लाइसेन्स दिएको हो । ठूलो बजेट स्थानिय तहमा जान्छ ।

क्यास वितरण गर्ने भन्दा लघु बीमामा नागरिक जोडेमा राम्रो हुन्थ्यो कि ?
एउटा मान्छे मर्दा लास उठाउने पैसा छैन । हामी गुँराश नगरपालिक पुगेका थियौं । त्यहाँ मेयरसँग गफ गर्दा एकजनाको निधन भएछ । त्यहाँ मृतकका आफन्तले लास उठाउन १० हजार रुपैयाँ लिएर गए । स्थिती त्यस्तो छ त्यसलाई हामीले १० हजारको बीमा गराउँदा सय जनाको जोखिम बहन हुन्थ्यो । हामीले १० हजार लिदा एक लाख दिन्छौं नि । उसको परिवारलाई आनन्द मिल्ने रुपमा काम गरौ भन्दा उहाँहरु कन्भिन्स हुनु भएको छ । अब बजेट बनाउँदा बीमामा खर्च राख्नु पर्छ । अनुदान राख्ने भन्ने छ बीमाको लागि अनुदान छैन ।

त्यो घटनापछि मेयरसँग केही डेभलपमेन्ट भयो कि ?
कुरा भएको छ । उहाँहरुले सबै वडामा जानु भनेर मिटिङ पनि गर्नुभयो । वडाध्यक्षलाई नि राम्रो हुन्छ भनेर कुराहरु अघि बढी रहेको छ ।

स्थानिय निकायहरुसँगको सहकार्य एस्पेक्टेड लेभलमा बढ्दा माइक्रो इन्स्योरेन्स सुनको अण्डा हुन्छन् ?
सुनको अण्डा होइन अण्डा चै हुन्छन् । जे होस् लगानी गर्ने समूहको ठूलो कम्पनी पनि छ । यो फस्टाउँदा भोलि ठूलो बीमा कम्पनीलाई फाइदा हुन्छ । हामीसँग एक लाखको बीमा गर्नेले २० लाखको बीमालेख माग्नु भयो भने त ठूलो कम्पनीमा जानुपर्छ । त्यसैले माइक्रो इन्स्योरेन्स बीमाको रुट ने यहि हो ।

नागरिकहरुलाई थप केही भन्न चाहानुहुन्छ ?
नागरिकहरुलाई भोलिको दिनमा कोही भोट माग्न आउँलान, प्रतिनिधीसँग हाम्रो पनि बीमा गर्नु पर्यो भन्नु पर्यो । बीमा गर्दा उहाँहरुलाई माग्नु पर्दैन । प्रतिनिधिलाई घच्घच्याउँनु पर्यो ।

हवस् महत्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
तपाईको टीम साथै इन्स्योरेन्स टकलाई थ्याक्यू भेरी मच ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्