Shikhar Insurance

बीमा सर्भेयर संघको अध्यक्षमा ढकाल पुनः निर्वाचित

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ८, मंगलवार १७:५८
NIMB
Nabil Bank

ललितपुर । बीमा सर्भेयर संघ, नेपाल (निसा) को अध्यक्षमा मोहन पुरुष ढकाल पुनः निर्वाचित भएका छन् । संघको १५ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनबाट आगामी दुई वर्षका लागि ढकाल अध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएका हुन् ।

अधिवेशनबाट उपाध्यक्षमा घनश्याम लेखक, महासचिवमा विकास महर्जन, सचिवमा प्रवेश पौडेल र कोषाध्यक्षमा भानु कँडेल निर्वाचित भएका छन् । यसैगरी संघका सहस्यहरुमा राजेश घिमिरे, सरोज श्रेष्ठ र नविन भट्ट रहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नवनिर्वाचित अध्याक्ष ढकालले आफ्नो नेतृत्वमा सर्भेयरहरुको साझा संस्था निसालाई नयाँ आयामबाट माथि उठाउन प्रतिवद्घ भएर लाग्ने बताउँदै समग्र बीमा व्यवसायका सरोकारवाला निकायबाट सहकार्य र सहयोगको अपेक्षा गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्