Shikhar Insurance

करिब ४ करोडमा सम्झौता भएको ‘नमूना पशु अस्पताल’ निर्माण कार्य अधुरै

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ९, बुधबार ११:३३
NIMB
Nabil Bank

तनहुँ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँको परिसरमा निर्माणाधीन ‘नमुना पशु अस्पताल’को निर्माणमा विलम्ब भएको छ । गण्डकी प्रदेश सरकारको मूल्य अभिवृद्धि कर (भ्याट)बाहेक ४ करोड ९० लाखको लागतमा सम्झौता भएको निर्माण कार्य अझै अधुरै रहेको हो ।

निर्माण कार्य गत पुसमा सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । निर्माण कम्पनीले ढिलासुस्ती गरेका कारण सम्झौताअनुरुप सम्पन्न गर्न नसकिएको सङ्घीय तथा कार्यान्वयन एकाइ कास्कीका इन्जिनियर शिव सुनारले बताए । भवन निर्माणको जिम्मा इको विल्डर्सले पाएको छ । भवनको हालसम्म ७० प्रतिशतमात्र प्रगति भएको छ । जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्न कम्पनीलाई दबाब दिँदै आएको सुनारले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना क्रमशः विस्तार गर्दै जाने योजनामा प्रदेश सरकार रहेको जनाइएको छ । अस्पतालका आवश्यक भौतिक पूर्वाधार निर्माण गरी सञ्चालन गर्न १० करोड लाग्ने अनुमान छ । दमौलीमा पशु अस्पताल सञ्चालन भएपछि तनहुँका साथै छिमेकी जिल्ला गोरखा, लमजुङ र नवलपरासी आसपासका किसाना लाभान्वित हुनेछन् । पशु धनलाई क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रम प्रभावकारी हुने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्