Shikhar Insurance

चैत्र १० गते मिड सोलु हाइड्रोपावरको ‘लक इन’ अवधि सकिने

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १०, बिहीबार १०:४०
NIMB
Nabil Bank

काठमाडौं । मिड सोलु हाइड्रोपावरको ‘लक इन’ अवधि चैत्र १० गते सकिने भएको छ । ‘लक इन’ अवधि सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुने कम्पनीले एक सूचना मार्फत जानकारी गराएको हो ।

कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरको १४ लाख ९६ हजार ८ सय कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको थियो । सो सेयरको पाँच प्रतिशतले हुन आउने ३७ हजार ४२० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको हो  । बाँडफाँड गरिएको सेयर ६ महिना अवधिसम्म ‘लक इन’ मा राखिएको थियो जसको अवधि अब सकिन लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्