Shikhar Insurance

नेशनल लाइफ इन्स्योरेन्स ३७औं वर्षमा प्रवेश, अझै गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १०, बिहीबार १८:१४
NIMB
Nabil Bank

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी  ३७औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको छ जसमा ५० भन्दा बढी कम्पनीका कर्मचारीहरुको सहभागिता रहेको कम्पनीले जानकारी दिएको हो ।

नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो व्यवसायिक प्रगति गरेको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट कम्पनीले सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस सेयरमा कर प्रयोजनको लागि थप नगद लाभांश पारित गरी साधारण सभा सम्पन्न गरी सकेको अवस्था छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको जीवन बीमा कोषमा ७१ अरब रुपैयाँको हाराहरीमा रकम जम्मा भएको छ । आर्थिक वर्ष २०७८/०७९ बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना बीमितहरुलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको छ । आ.व.२०७८/०७९ को बीमाङ्कीय मूल्याङ्कन पश्चात बीमितलाई न्यूनतम प्रति हजार ६३ रुपैयाँ देखि अधिकतम् प्रति हजार ८५ रुपैयाँ सम्म प्रदान गरेको सहर्ष जानकारी गराउछौं । कम्पनीको शाखा कार्यालय नेपालगंजमा आफ्नो भवन निर्माण भई सम्पन्न हुने अवस्थामा रहेको छ । ११७ शाखा कार्यालय संख्या र ५०० कर्मचारी संख्या रहेको यस कम्पनीमा १ लाख भन्दा बढी अभिकर्ता कार्यरत रहेका छन् ।

कम्पनीले स्थापनाकाल देखि २०८० साल पौष मसान्त सम्म कूल बीमाशुल्क आम्दानी १०२ अर्ब ३० करोड आर्जन गरेको छ भने कूल ४५ लाख ५६ हजार बीमालेख जारी गरेको छ र कूल ३७ अर्ब ४९ करोड रुपैयाँ बराबर बीमा दावी भुक्तानी गरेको छ ।  यस शुभ अवसरमा कम्पनीले ब्यवसायिकता, प्रविधि मैत्री पारदर्शीता एवं विश्वसनियता लाई थप अभ्यास गर्दै गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

देशभरमा ५३ वटा बाल र बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको छ । अपाङ्गता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टि विहिन व्यक्तिहरुलाई सेतो छडि वितरण गरिएको छ ।

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्