Shikhar Insurance

कृषि विकास बैंकद्धारा विभिन्न पदमा ११२ जना कर्मचारी माग

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ११, शुक्रबार ११:०६
NIMB
Nabil Bank

काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदमा धेरै संख्यामा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदका लागि ११२ जना कर्मचारी माग गरेको हो ।

बैंकले शाखा प्रमुख र बरिष्ठ लेखा अधिकृत (सि.ए) पदका लागि २ । २ जना, व्यवसाय अधिकृतका लागि ३२ जना, कम्प्युटर अधिकृत २, इन्जिनियर आइटी अधिकृत १, कर्जा अधिकृत ६ जना माग गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले सहायक स्तरको प्रशासन तर्फ व्यवसाय सहायक १६ जना, कानून सहायक १, कर्जा सहायक ३ जना, ओभरसियर १ जना र लेखापाल ४६ जना माग गरेको छ। बैंकको चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत स्थायी कर्मचारी दरबन्दीमा रिक्त रहेका पद र तहमा खुला तथा समावेशी प्रतियोगितद्वारा पदपूर्ति गर्न लागेको हो ।

साथै, लोक सेवा आयोगबाट फागुन १० गते प्राप्त सहमति अनुसार तोकिएको समयमा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले आवश्यक कागजात संकलन गरी आजको मितिबाट चैत १ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्