Shikhar Insurance

भवन निर्माणमा ढिलाइ भएकोप्रति सरकारी आश्वासन समितिको असन्तुष्टि

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १३, आईतवार १६:४३
NIMB
Nabil Bank

काठमाडौं । सङ्घीय संसद् भवन निर्माणमा भइरहेको ढिलाइप्रति प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सदस्यहरुले असन्तुष्टि जनाएका छन् । तोकिएको अवधिमा निर्माण सम्पन्न नभएको र भवन निर्माण गर्दा नेपालको मौलिकता समेत नझल्किएको भन्दै सांसदहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।

सांसद मदनकुमारी शाहले भवन निर्माण आयोजनाको म्याद थपेर समय लम्बाउने काम मात्रै भएको, तर निर्माणमा भने उल्लेख्य प्रगति देखिन नसकेको बताए । उनले भने,“संसद् भवन निर्माणमा निकै ढिलाइ भइरहेको छ । भवनमा नेपालको मौलिकता पनि झल्किएन ।”सांसद नरपति लुवारले संसद् भवन राष्ट्रको अनुहार झल्किने ठाउँ भए पनि अहिले निर्माण भइरहेको संरचनाले नेपालको मौलिकता नझल्काएको गुनासो गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

समितिको आजको बैठकमा सन्धिुलीगढी, जर्बुटा कला केन्द्र सिन्धुली, मकवानपुरगढी तथा राष्ट्रिय सांस्कृतिक सङ्ग्रहालयको स्थलगत अध्ययन, अनुगमन तथा अवलोकनसम्बन्धी प्रतिवेदन पेस भएको छ । सिन्धुलीगढीमा जाने सिँढीयुक्त बाटो धेरै उकालो भएकाले बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गमैत्री नबनेको निष्कर्ष प्रतिवेदनको छ । त्यस्तै, गढीमा रहेको ऐतिहासिक संरचनाको संरक्षण हुन नसक्दा महत्वपूर्ण पुरातात्विक महत्व हराउँदै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्