Shikhar Insurance

युनाईटेड मोदीले हकप्रद सेयर जारी गर्न बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १४, सोमबार ११:४८
NIMB
Nabil Bank

काठमाडौं । युनाईटेड मोदी हाईड्रोपावर लिमिटेडले सत प्रतिशत हकप्रद सेयर जारी गर्न चैत २९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन १३ गते बसेको बैंठकको निर्णय अनुसार साधारण सभा कालीमाटी ब्याङकेटमा हुने भएको हो ।

साधारण सभामा कम्पनीले सत प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव राखेको छ । चुक्ता पुँजी १ अर्व २३ करोड ५ लाख बमोजिम १ करोड २३ लाख ५ हजार कित्ता हकप्रद सेयर जारी गर्ने कम्पनीले जनाइएको छ । हकप्रद सेयर निष्काशनका लागि कम्पनीको अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने चुक्ता पूँजी बृद्धि हुने भएकाले सञ्चालन समितिलाई अख्तियारी प्रदान गर्ने सभाको विशेष प्रस्ताव रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । लेखापरिक्षणको प्रतिवेदन सहितको आव २०७९/०८० का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तीय विवरणहरु उपर छलफल स्वीकृत गर्ने सभाको प्रस्ताव रहेको छ । कम्पनीले सञ्चालक समितिमा ४ सञ्चालक पदको निर्वाचन गर्नेछ ।

साथै, साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुक क्लोज गर्ने भएको छ । अघिल्लो दिन फागुन ६ गते सेयर बजारमा कारोबार भएका सेयरधनीहरुले मात्र सभामा सहभागी हुन पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्