Shikhar Insurance

स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्दै लैङ्गिक अल्पसङ्ख्यक

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १४, सोमबार १४:२१
NIMB
Nabil Bank

झापा । आर्थिक आत्मनिर्भरताका लागि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले स्वरोजगारमूलक व्यवसाय सुरु गरेका छन् । कोशीका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा उनीहरुले होटल, फास्टफुड कर्नर र सैलुन सेन्टर सञ्चालनमा ल्याएका हुन् ।

लिड नेपाल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हकअधिकारका क्षेत्रमा काम गर्ने संस्था भएकाले उनीहरुलाई स्वरोजगार बनाउने अभियानमा लागेको लिड नेपालकी संयोजक लुना लिम्बू (चञ्चला)ले बताईन् । झापाको दमकमा नमुना युनिसेक्स (महिला र पुरुष दुवैका लागि सैलुनको सुविधा भएको) सैलुन एन्ड ट्रेनिङ एकाडेमी सञ्चालन भइरहेको छ । लिम्बुले भनिन्,“सैलुनबाट १८ जना लैङ्गिक अल्पसङ्ख्यक साथीले तालिम लिइसक्नुभएको छ । यो सैलुन समुदायका साथीले सञ्चालन गर्नुभएको हो । तालिम लिन समुदाय बाहिरका पनि आउनुहुन्छ ।”

Citizen Life
Kumar Bank
Nepal Life

उनका अनुसार सैलुनमा पाँच जना प्रशिक्षकले नियमित तालिम दिइरहेका छन् । मोरङको विराटनगरमा मिलीजुली एण्ड सप्तरङ्गी खाजाघर र सुनसरीको इटहरीमा रेम्बो फास्टफुड कर्नर सञ्चालनमा ल्याइएको छ । झापामा पहिचान लुकाएकासमेत गरी २२ हजार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय रहेको लिड नेपालको दाबी छ । उनीहरुलाई आत्मनिर्भर बनाउन सीप सिकाउने र रोजगारी सिर्जना गर्ने संस्थाको उद्देश्य रहेको लिम्बूले जानकारी दिईन् ।

समाजमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकप्रति हेर्ने नजर र उनीहरुप्रतिको व्यवहार अपमानजनक रहेकाले समुदायका अधिकांश व्यक्ति पहिचान लुकाएर बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । उनीहरुलाई रोजगारीको अवसर नदिइने भएकाले आफैँ व्यवसाय स्थापनामा लाग्नुपरेको लिम्बूले जानकारी दिईन् । लिड नेपालले स्थानीय पालिका र दातृ संस्थासँग मिलेर उनीहरुलाई व्यावसायिक सीप सिकाउने अभियान सञ्चालन गरिरहेको छ । दमक–५ स्थित बेलडाँगी रोडमा सैलुन सञ्चालन गर्न दमक नगरपालिकाले आर्थिक सहयोग समेत गरेको छ ।

लिड नेपालकी संयोजक लिम्बूले भनिन्,“सैलुनको शाखा जिल्लाका विभिन्न सहर तथा बजारमा विस्तार गर्ने योजना छ । पहिला दक्ष जनशक्ति उत्पादन गर्छौं र शाखा विस्तार गरी सबै पालिकामा रहेका हाम्रो समुदायलाई रोजगारीमा पहुँच पु¥याउँछौँ ।” उनले सैलुनमा लैङ्गिक अल्पसङ्ख्यक समुदायले नै रोजगारी पाइरहेको बताईन् । स्थानीय पालिका र प्रदेश सरकारको सहयोगमा कोशीका विभिन्न जिल्लामा होटल, रेस्टुरेन्ट, कफीसप, बेकरीलगायतका व्यवसाय सञ्चालन गर्ने तयारी भइरहेको लिड नेपालले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्