Shikhar Insurance

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकममा भने गिरावट

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १४, सोमबार १५:१२
NIMB
Nabil Bank

काठमाडौं । निरन्तर राताम्मै भएको सेयर बजार सेमबार दोहोरो अंकले बढेको छ । साताको दोस्रो कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १३.२८ अंकले बढेर १९९२.३० को बिन्दुमा बन्द भएको छ ।

सोमबार ३१४ कम्पनीको ५९ लाख ८८ हजार ७ सय १७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रुपैयाँ ६८ पैसाको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सोमबार सबैभन्दा धेरै सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको कारोबार भएको छ । कम्पनीको ९ करोड ७१ लाख ८० हजार २ सय २९ रुपैयाँ ६० पैसाको कारोबार भएको छ ।

साथै, सोमबार ७५ कम्पनीको सेयर मूल्य घट्दा १६७ कम्पनीको बढेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज १ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने समाज लघुवित्तको सेयर सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्