Shikhar Insurance

नेपालगञ्ज–गुलरिया सडकको काम ५७ प्रतिशत सम्पन्न, ४४ करोड भुक्तानी हुन बाँकी

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १६, बुधबार ११:४३
NIMB
Nabil Bank

बाँके । नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारको काम १ वर्षमै ५७ प्रतिशत सम्पन्न भएको छ । ११.६० किलोमिटर ४ लेन र १६.२ किलोमिटर दुई लेनगरी २७.६२ किलोमिटर लामो सडक विस्तार २०८२ मङ्सिर २७ गते ३ वर्षमा सम्पन्न हुनेगरी गत वर्ष माघ १५ गतेदेखि निर्माण सुरु भएको थियो ।

एक वर्षको अवधिमा ५७ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार काम गरेअनुसारको भुक्तानी समयमै दिन सकेमा निर्धारित समयभन्दा १ वर्ष पहिले नै सम्पन्न हुने भएको छ । निर्माण कम्पनीले तोकिएको समयभन्दा अगाडि नै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

निर्माण कम्पनीले मूल्य अभिवृद्धि करबाहेक २ अर्ब ७८ करोड २९ लाखमा नेपालगञ्ज–गुलरिया सडक विस्तार निर्माणको जिम्मा पाएको हो । निर्माण कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले समयमै भुक्तानी प्राप्त भएमा १ वर्षभित्र सम्पन्न गर्नेगरी काम गरिएको बताएका छन् ।

निर्माण कम्पनीले यस वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्र गर्नेगरी काम अघि बढाएको शर्माले जानकारी दिए । नेपालगञ्ज–गुलरिया सडक विस्तारकार्यको भौतिक प्रगतिको आधा २७ प्रतिशतमात्र कामको भुक्तानी दिन सकिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख भण्डारीले बताए ।

उनका अनुसार निर्माण कम्पनीले काम गरी भुक्तानीका लागि पेस गरेको ४४ करोड रुपैयाँको बिलअनुसारको भुक्तानी हुन बाँकी रहेको छ । बजेट अभाव कायमै रहेमा निर्माणाधीन योजनामा प्रभाव पर्ने देखिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्