Shikhar Insurance

नयाँ बिगमार्ट आउटलेटमा नमस्ते पेमार्फत् भुक्तानी गर्दा १० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १८, शुक्रबार १४:२२
NIMB
Nabil Bank

काठमाडौं । नमस्ते पेले पोखरा बिगमार्टका नयाँ पाँच आउटलेटको उद्घाटनको अवसरमा विशेष अफर ल्याएको छ । नमस्ते पेले यहि फागुन १९ गतेदेखि नयाँ पाँच आउटलेट बगर, सीतलादेवी, रामबजार, फुलबारी र फस्र्याङमा १०% अर्थात् २०० सम्मको छुट दिने अभियान सुरु गरेको हो ।

पोखराको नयाँ बिगमार्ट आउटलेटहरुमा भुक्तानी गर्दा स्मार्ट क्यूआर स्क्यान गरी नमस्ते पेमार्फत् भुक्तानी गर्ने ग्राहकहरूले १०% छुट पाउनेछन् । साथै, दैनिक एक भाग्यशाली विजेताले नमस्ते पेबाट आकर्षक उपहार पनि प्राप्त गर्नेछन् । यो अफर नमस्ते पेका पूर्ण केवाइसि प्रयोगकर्ताहरुमा लागु हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

आधुहिक प्रविधिको प्रयोग मार्फत् सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु नमस्ते पेको उद्देश्य रहेको छ । जस अनुरुप *५००# डायल गरी नमस्ते पे प्रयोगकर्ताले अफलाइन सेवाहरूको फाइदा लिन सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्