Shikhar Insurance

भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर हो : अध्यक्ष ओली

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १८, शुक्रबार १५:४५
NIMB
Nabil Bank

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर रहेको बताएका छन् । ‘भरतपुर भ्रमण वर्ष २०२४’ को नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भरतपुर आदिवासीको सुन्दर सम्मिश्रणको सहर रहेका बताएका हुन् ।

अध्यक्ष ओलीले यहाँको पर्यटनको प्रचुर सम्भावना देखेर नारायणी, कोसी हुँदै बङ्गालसम्म जोड्नका लागि आफूले जलमार्गको योजना अघि बढाएको स्पष्ट पारे । उनले त्यही योजनाअनुरुप अहिले निजी क्षेत्रले नारायणीलगायत नदीमा जलपर्यटनका पूर्वाधार निर्माण गरेको बताए । अध्यक्ष ओलीले चितवन पूर्व–पश्चिम र हुलाकी राजमार्गसँग जोडिएको जिल्ला भएकाले पनि यहाँको सम्भावना धेरै रहेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

भरतपुरको विकासका लागि सभाहल, छ लेन सडक, हुलाकी सडकको काम आफू प्रधानमन्त्री हुँदा अघि बढाउन सहयोग पु¥याएको उनले बताए । भरतपुरमा पूर्वाधार विकाससँगै कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रको केन्द्र बनाउन सकिने भन्दै यहाँको विश्वविद्यालयले कृषि क्षेत्रमा मार्गदर्शनको काम गर्न सक्नुपर्ने उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्