Shikhar Insurance

सिंहदरबार डटकमको सम्पादकमा खेमराज श्रेष्ठ नियुक्त

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २०, आईतवार १२:५३
NIMB
Nabil Bank

काठमाडौं । कखरा न्यूज प्रालीद्धारा सिंहदरबार डटकमको सम्पादकमा खेमराज श्रेष्ठ नियुक्त भएका छ्न् । श्रेष्ठले आइतबारदेखि सम्पादकको कार्यभार सम्हालेका हुन् । कखरा न्यूज प्रालिका अध्यक्ष नारायण प्रसाद पौडेलले श्रेष्ठलाई सम्पादक नियुक्त गर्दै उनको सम्पादकीय नेतृत्वमा सिंहदरबार डटकमले थप उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

कार्यभार सम्हाल्दै श्रेष्ठले आर्थिक पत्रकारितालाई जिवन्त बनाइराख्नका लागि असल प्रयास गर्ने बताए । उनले भने–‘इकोनोमिक जर्नालिज्म इज स्टिल अलाइभ, समग्र देशमा विकास, समृद्धि, सुशासन र समानताका पक्षमा हाम्रो अभियान अविचलित रहनेछ, हामी आलोचनात्मक चेतसहितको सकारात्मक आर्थिक पत्रकारितालाई केन्द्रमा राखेर अघि बढ्नेछौं ।’

Citizen Life
Kumar Bank
Nepal Life

श्रेष्ठ २०७२ सालदेखि आर्थिक पत्रकारितामा सक्रिय छन् । श्रेष्ठसँग टिभी अन्नपूर्ण, विकासन्युज डटकम, बिजमाण्डु डटकम र कर्पाेरेटनेपाल डटकममा काम गरेको अनुभव छ।
श्रेष्ठले त्रिभुवन विश्व विद्यालय अग्रेंजी विभागबाट स्नातकोत्तर उपाधी हासिल गरेका छ्न् ।
सिंहदरबार डटकममा प्रमिला भट्ट र रोशनी लामा पनि संवाददाताका रुपमा भित्रिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्