Shikhar Insurance

नेपाली बजारमा भित्रियो ईचर्सको इन्जिन आयल

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २२, मंगलवार १६:२८
NIMB
Nabil Bank

काठमाडौं । बतास एम.ए.डब्लु. कमर्सिअल भेईकल प्रालिले आफ्ना ग्राहकहरूलाई मध्यनजर गर्दै ईचर्सको इन्जिन आयल भित्राएको छ । टंगालस्थित बतास एम.ए.डब्लु. प्रालिको मुख्य कार्यालयमा आयोजित एक समारोहमा कम्पनीका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतासले ईचर्सको इन्जिन आयल भित्राएको जानकारी दिएका हुन् ।

सो कार्यक्रमको अवसरमा बतास एम.ए.डब्लु. कम्पनीजका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतासले ईचर्स इन्जिन आयल र स्पेयर पार्ट्स सहित व्यवसायीका लागि कम्प्लिट सोलुसन उपलब्ध गराउने उद्देश्यका साथ नेपालमा बजार विस्तार गरेको बताए । सबै व्यवसायीका साथमा रहेर गुणस्तरीय इन्जिन आयल र स्पेयर पार्ट्स समेत उपलब्ध गराउन बतास एम.ए.डब्लु. प्रतिबद्ध रहेको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

”गुणस्तरीय लुब प्रयोग गरि आफ्नो गाडीको कार्य क्षमता बढाउनुको साथै वारेन्टी कभरेज कायम राख्दै र पुनर्विक्रय मूल्यको संरक्षण गर्दै सवारी साधनको अधिकतम कार्यसम्पादन, दीर्घायु र दक्षता सुनिश्चित गर्न ग्राहकहरूका लागि ईचर्स उत्पादकहरूले सिफारिस गरेका वास्तविक लुब्रिकेन्टहरू प्रयोग गर्नु बुद्धिमानी विकल्प हो” प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले बताए । ईचर्स फोर ह्विलर, कमर्सियल, हेभी इक्विपमेन्ट आदि सबै सवारी साधनमा सो इन्जिन आयल प्रयोग गर्न सकिने जनाइएको छ ।

भोल्भो र आइशरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नवीन प्रविधिका उत्पादनहरू उत्पादन गर्दै आएका कारण नेपालसहित विश्वबजारमा आइशर ग्राहकको पहिले रोजाई बन्दै आइरहेको छ । विगत ४० वर्षदेखि नेपालको व्यवसायिक सवारीको क्षेत्रमा आत्याधिक लोकप्रिय ब्रान्ड आइशर बतास एमएडब्लूले आधिकारिक रूपमा बिक्री वितरण गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्