Shikhar Insurance

अर्थ मन्त्री पुनले पुँजिबजारको विकासमा काम सुरु गरेपछि बजारमा ५८ अंकको सुधार

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २९, मंगलवार १५:१५
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५८.५८ अंकले बढेर २१११.२४ मा पुगेको हो ।

आज ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५ सय ९७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३ सय ४७ रुपैयाँ कारोबार भएको छ । मंगलबार सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३७ करोड १९ लाख ३३ हजार ७ सय ८६ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, आज ३४ कम्पनीको सेयर मूल्य घट्दा २६० कम्पनीको बढेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ, भने हिमालयन ८०-२० को सेयर मूल्य घटेको छ ।

अर्थमन्त्री वर्षमान पुनले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)र सीडीएस एण्ड क्लियरिङ लिमिटेडसँग कार्ययोजना माग गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्