Shikhar Insurance

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २९, मंगलवार १६:५७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलबार माउन्टेन इनर्जी नेपाल लिमिटेड र नेश्नल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नेप्सेमा समायोजन भएको छ ।

माउन्टेन इनर्जी नेपालको सेयर आज बजार बन्द हुनुभन्दा अघिसम्म ६ सय ४१ रुपैयाँको आधारमा नेप्सेमा १५ प्रतिशत समायोजन भएको हो । साथै, समायोजन पछि कम्पनीको सेयर मूल्य ५ सय ५७ रुपैयाँ ३९ पैसा रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेशनल  लघुवित्त वित्तीय संस्थाको सेयर आज बजार बन्द हुनुभन्दा अघि १ हजार २ सय २० रुपैयाँको आधारमा ७.५० प्रतिश समायोजन भएको हो । कम्पनीको समायोजन पछिको सेयर मूल्य १ हजार १ सय ३४ रुपैयाँ ८८ पैसा रहेको छ ।

साथै, अब कम्पनीको सेयर बुधबार फागुन ३० गते दोस्रो बजारमा कारोबारमा आउँनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्