Shikhar Insurance

सत्ता गठबन्धनका न्युनतम साझा कार्यक्रम आज सार्वजनिक हुन्छ : प्रधानमन्त्री

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३०, बुधबार १२:३९
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ सत्ता गठबन्धनको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक हुने बताएका छन् ।बुधबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय समस्याको समाधानका लागि सबै एक हुनुको विकल्प नरहेको बताए । उनले न्युनतम साझा कार्यक्रम नै सरकार सञ्चालनको मुल आधार हुने बताए । उनले सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि सरकारको मुल अठोट हुने बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले पुनःगठनसँगै पुँजीबजारमा आएको सकारात्मकताले सरकारप्रति जनअनुमोदन र समर्थन मिलेको बताए । उनले मिटरब्याजी पीडितसँग सहमति भएको र आरती शाहसँग सम्बन्धित समस्या पनि टुंगिएको बताए ।

उनले भने, राष्ट्रिय समस्याको समाधानका लागि पनि हामी एक ठाउँमा उभिनैपर्छ । सरकार गठनमा सहभागी दलहरुले न्युनतम साझा कार्यक्रमका लागि कार्यदल बनेको छ । आज बेलुकासम्ममा सार्वजनिक पनि हुनेछ । त्यही कार्यक्रम सरकार सञ्चालनको मुल आधार हुनेछ । सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि सरकारको मुल अठोट हुनेछ । राजश्वको लक्ष्य पूरा गर्न, पूँजीगत खर्च बढाउन र बेरुजु घटाउन सरकारले नयाँ कार्यक्रम ल्याउनेछ ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्