Shikhar Insurance

झिनो अंकले घट्यो सेयर बजार, कारोबार रकम ४ अर्ब माथि

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३०, बुधबार १५:०७
NIMB
Nabil Bank

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक २.४८ अंकले घटेर २१०८.७२ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

आज ३१० कम्पनीको १ कारोड ८ लाख ८९ हजार ६ सय ३४  कित्ता सेयर किबेच हुँदा ४ अर्ब २४ करोड ८५  लाख २३  हजार ३ सय ३२ रुपैयाँको बारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बुधबार सबैभन्दा धेरै शिवम सिमेन्टको कारोबार भएको छ । आज कम्पनीको २५ करोड ५३ लाख ८३ हजार ६ सय ६२ रुपैयाँको कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता ५ सय ४८ रुपैयाँ १० पैसा रहेको छ ।

साथै, आज १३३ कम्पनीको सेयर मूल्य घट्दा ९४ कम्पनीको बढेको छ भने १६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज वीन नेपाल लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको छ । भने अपर तामाकोशी हाइड्रोपावरको सेयर नकरात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्