Shikhar Insurance

ठूला दल मिलेर माओवादीलाई सक्नुस्-प्रम प्रचण्ड

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३०, बुधबार १५:१५
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला दल मिलेर नेकपा माओवादीलाई सक्न चुनौति दिएका छन्। संसदमा विस्वासको मत माग्दै प्रम प्रचण्डले नेपाली काग्रेंस र नेकपा माओवादी मिलेर माओवादीलाई पत्तासाफ पर्न चुनौति दिएका हुन् ।

उनले भने ‘मलाई केहि सासंदहरुले सबै मिलेर सक्ने भन्नुभयो, अब मिल्नुस् माओवादीलाई सक्नुस्, हिजो सबै मिलेर टाउकोको मूल्य तोक्नु भएकै हो ।’

Citizen Life
Kumar Bank
Nepal Life

काग्रेंस एमाले मिलेर सरकार बनाए आफू प्रतिपक्षमा बस्ने उनले बताए । उनले थपे ‘मन लागे मत दिनुस् नलागे नदिनुस्, पहिलेको गठबन्धनबाट म दिक्क भैसकेको थिए, मैले कि त राजिनामा दिनु पर्थ्यो कि त गठबन्धन तोड्नु पर्थ्यो स्वतन्त्र रुपमै मैले यो निर्णय गरेको हुँ।’ पुरानो गठबन्धनलाई निरन्तरता दिनु भनेको दिन काट्नु काल पर्खनुजस्तै भएको उनको भनाई छ ।

माओवादीले नयाँ गठबन्धन बनाउन सुरु भएदेखिनै ४८ घण्टाभित्र सरकार गिराउने खेल भएको र सो योजनालाई आफूले विफल बनाएको दाबी प्रचण्डको छ । आफूले विस्वासको मत लिएपछि के-के हुनसक्छ भन्ने भनेर पहिले नै अनुमान गरेको प्रम प्रचण्डको भनाई छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्