Shikhar Insurance

राष्ट्रिय सभा अध्यक्षमा आफूले पाएको भुमिकालाई प्रधानमन्त्रीसँग नजोड्न अध्यक्ष दाहालको आग्रह

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३०, बुधबार १७:२४
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा अध्यक्षमा आफूले पाएको भुमिका प्रधानमन्त्री पुष्पकमल दाहालसँग व्यक्तिगत रुपमा नरहेको बताएका छन्। बुधवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले जनतालाई धोका हुने र पछुतो हुने कुनै काम नगरेको पनि स्पष्ट पारे । उनले आफूले प्राप्त गरेको भुमिका खास पारिवारिक सम्बन्धसँग जोडेर चर्चा गरिएको आफूले पाएको बताए । उनले आफूहरुको सम्बन्ध कहिल्यै पनि व्यक्तिगत वा पारिवारिक रुपमा नभएको बताए । उनले प्रधानमन्त्री दाहाल र आफ्नो सम्बन्ध विचार केन्द्रित सहकर्मीको रुपमा मात्रै रहेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले भने, ‘मैले सम्झेसम्म जनतालाई धोका हुने र पछुतो हुने कुनै काम गरेको छैन । मैले प्राप्त गरेको भुमिका खास पारिवारिक सम्बन्धसँग जोडेर चर्चा गरिएको पनि पाएको छु । तर हाम्रो त्यो सम्बन्ध कहिल्यै पनि व्यक्तिगत वा पारिवारिक रुपमा थिएन र छैन । हाम्रो सम्बन्ध सधैँभर विचार केन्द्रित सहकर्मीको रुपमा रहेको छ ।’

न्युज एजेन्सी नेपाल

GBIME

प्रतिक्रिया दिनुहोस्