Shikhar Insurance

१७ दिनपछि हाजिरी जमानीमा छुटे ११ बैंकर, नारायणकाजीले नबुझेको बैंकिङ रबिले बुझे

सिंहदरबार संवाददाता
२०८० चैत्र १, बिहीबार १९:१४
NIMB
Nabil Bank

काठमाडौं । सहकारी घाेटाला प्रकरणमा जाेडेर नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सिआईबी)ले पक्राउ गरेका ११ जना बैंकर छुटेका छन् ।

सिआईबीले नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसि, उपाध्यक्ष सन्तोष कोईराला, प्रभु बैंकका सिईओ अशोक शेरचन र परिवारको जमानतमा दैनिक हाजिर हुनेगरी हिरासत मुक्त गरेको हो । बैंकरहरु १७ दिनदेखि सिआईबीको हिरासतमा थिए ।”बैंकर्स संघले आफ्ना सदस्यहरुको हितका लागि ठुलो मेहनत गरेर बैंकरहरुलाई हिरासत मुक्त गराउन सफल भएको छ । ८५ हजार बैंकरकै लागि यो खुसीको कुरा हो । अब ऋण दिएकै आधारमा बैंकर पक्राउ हुनुपर्ने अवस्था आउदैन भन्ने प्रतिवद्द्ता पाएका छौँ ।”बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले सिंहदरबारसंग भने ।

Citizen Life
Kumar Bank
Nepal Life

सीआईबीले १५ फागुनमा तत्कालीन सेन्चुरी बैंकका सिईओद्वय तुल्सिराम गौतम र मनोज न्यौपाने(हाल प्रभु बैंकका सिनियर डेपुटी सिईओ)सहित सेञ्चुरी बैंकका कर्मचारीहरु राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेतलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले २८ फागुनमा  जिल्ला अदालतबाट अनुमति लिएको थियो । तर गृहमन्त्रीबाट नारायण काजी श्रेष्ठको बहिर्गमन र रबि लामिछानेले मन्त्रालय सम्हालेपछी बैंकर रिहाईको वातावरण बनेको हो ।

प्रहरीले बैंकिङ नै नबुझी धरपकड गरेको भन्दै बैंकरहरुले आन्दोलन गर्ने चेतावनी दिदै आएका थिए । बैंकरहरुले हिरासतबाट बाहिर राखेर अनुसन्धान गर्नुपर्ने माग गरेका थिए । ३१ अर्ब राजश्व तिरेको, ८५ हजारलाई प्रत्यक्ष रोजगारी दिएको बैंकिङ क्षेत्रलाई त्रसित बनाएको भन्दै उनीहरुले पेन डाउनको चेतावनी पनि दिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्