Shikhar Insurance

८५ हजार बैंकरको मनोबल जोगायौ, अब ढुक्कसँग काम गर्ने वातावरण बन्यो- अध्यक्ष केसि

सिंहदरबार संवाददाता
२०८० चैत्र १, बिहीबार २०:५०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसिले ८५ हजार बैंकरहरुको मनोबल जोगाउन सफल भएको बताएका छन् ।

सहकारी घाेटाला प्रकरणसंग जाेडेर नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सिआईबी)ले पक्राउ गरेका ११ बैंकर हाजिरी जमानीमा छुटेपछि बैंकर्स संघका अध्यक्ष केसिले त्यस्तो प्रतिक्रिया दिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सिआईबीले तत्कालीन सेन्चुरी बैंकका सिईओद्वय तुल्सिराम गौतम र मनोज न्यौपाने(हाल प्रभु बैंकका सिनियर डेपुटी सिईओ) सहित ११ जना कर्मचारीलाई पक्राउ गरि १७ दिन हिरासतमा राखेको थियो ।

फागुन १५ गते पकाउ परेका बैंकरलाई बैंकर्स संघका अध्यक्ष केसि, उपाध्यक्ष सन्तोष कोईराला, प्रभु बैंकका सिईओ अशोक शेरचनको रोहवर र परिवारको जमानीमा हाजिर हुने शर्तमा छाडिएको छ ।

१७ दिनपछि बैंकर छुटाउन सफल भएपछि अध्यक्ष केसिले सिंहदरबारसंग भने-” पक्राउ परेका साथिहरु हिरासत मुक्त हुनु भएको छ । हामीले अथक प्रयास गरेर ८५ हजार बैंकरको मनोबल जोगाएका छौँ । अब ढुक्कसँग काम गर्ने वातावरण बनेको छ ।”

अध्यक्ष केसिको नेतृत्वमा बैंकर्स संघले सिआईबी प्रमुख, नेपाल राष्ट्र बैंकका गभर्नर, गृहमन्त्री र प्रधानमन्त्रीसम्मलाई भेटेका थिए ।

प्रक्रिया संगत रुपमा प्रवाह गरेको ऋणको विषयमा प्रहरीले धमाधम बैंकर पकाउ गर्न थालेपछि बैंकरहरु ऋण प्रवाह नै नगर्ने अवस्थामा पुगेका थिए ।
“बैंकिङ भनेको फरक खालको ब्यवसाय हो, नेपाल राष्ट्र बैंकको प्रत्यक्ष नियमन र सुपरिवेक्षणमा काम हुन्छ, ऋण लगानी र असुलीका छुट्टै प्रक्रिया हुन्छन् । ऋणमा समस्या आयो भन्दैमा प्रहरीले बैंकर समाउने कुराले बैंकिङ क्षेत्र नै त्रसित बनिरहेको छ । अहिले गृहमन्त्री र सिआईबी प्रमुखले अब बैंकरका कुरा सुन्छौ भन्नू भएको छ ।”

प्रहरीले अनुसन्धान नै गर्नु पर्ने भएमा हिरासत बाहिरै राखेर गर्नुपर्नेमा बैंकरको जोड छ । बैंकर पक्राउको बिरोधमा सिङ्गो निजि क्षेत्र एकजुट भएका थिए । बैंकका लगानी कर्ताहरुको सस्था सिबिफिनले पनि बैंकर पक्राउको कडा आपत्ति जनाएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्