Shikhar Insurance

सिंगटी हाइड्रोको हकप्रद सेयर लिलाम बिक्रीमा

सिंहदरबार संवाददाता
२०८० चैत्र २, शुक्रबार ११:५५
NIMB
Nabil Bank

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले अवितरित हकप्रद सेयर लिलाममार्फत बिक्री गर्न लागेको छ । कम्पनीले १ः१ अनुपातमा निष्कासन तथा बिक्री खुला गरेको हकप्रदमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको सेयर गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १ सय रुपैयाँमा ४६ लाख ११ हजार ५९३ कित्ता सेयर बिक्रीमा ल्याएको छ । सेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम १०० कित्ता र अधिकतममा सबै कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । खरिद गर्ने इच्छुक व्यक्तिहरुले चैत्र १२ गतेदखि २० गतेभित्र आवेदन दिनुपर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । खरिदकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकको भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाबाट आवेदन दिन सक्नेछन्।

 

GBIME

प्रतिक्रिया दिनुहोस्