Shikhar Insurance

भारतमा काम गर्ने नेपालीले अब नेपालकै बैंकमा रकम जम्मा गर्न सक्ने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

सिंहदरबार संवाददाता
२०८० चैत्र २, शुक्रबार १७:१६
NIMB
Nabil Bank

काठमाडौं। भारतमा काम गर्ने नेपाली नागरिकले अब नेपाली बैंकमै आफ्नो पारिश्रमिक जम्मा गर्न सक्ने भएका छन् ।

नेपाल रकम भित्र्याउन राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबिच सम्झौता भएको हो । यो सम्झौताको नाम ‘इन्डो नेपाल रेमिट्यान्स फ्यासिलिटी स्किम’ राखिएको छ । जसअनुसार नेपाली नागरिकले भारतको बैंक खाताबाट सिधैं नेपालको बैंक खातामा रकम पठाउन सक्छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यसलाई छिटो र छरितो बनाउनका लागि क्यू. आर। कोडको समेत प्रयोग गर्न सकिनेछ । यस्तै नेपाली व्यावसायीले पनि भारतमा आयात तथा निर्यातको लागि पनि सिधैं रकम पठाउन सकिनेछ ।

भुक्तानी सम्मबन्धि कुनै समस्या आए सम्बन्धित वाणिज्य बैंकले नै व्यावस्थित गर्नुपर्ने उल्लेख छ । यसैगरी नेपालमा काम गर्ने भारतीय कामदारले दैनिक १५ हजार भारु बराबरको सुविधा प्राप्त गर्नेछन् भने मासिक १ लाख भारुसम्मको सटहि सुविधा प्राप्त गर्नेछन्।

No description available.

No description available.

GBIME

प्रतिक्रिया दिनुहोस्