Shikhar Insurance

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको २ कम्पनीको सेयर बिक्रीमा, न्युनतम मूल्य कति ?

सिंहदरबार संवाददाता
२०८० चैत्र ४, आईतवार १०:२८
NIMB
Nabil Bank

काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको २ कम्पनीको संस्थापक सेयर बिक्री खुल्ला गरेको छ ।कम्पनीले आज एक सूचना प्रकाहन गर्दै सूर्योदय वोमी लघुवित्त र सिटिजन इन्भेष्मेन्ट ट्रष्टको संस्थापक सेयर बिक्री खुला गरेको हो ।

बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ७५ हजार ३०५ कित्ता सेयर लिलामीमा ल्याएको छ । उक्त सेयरको न्युनतम लिलामी मूल्य २ सय ४५ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकको स्वामित्वमा रहेको सिटिजन इन्भेष्मेन्ट ट्रष्टको ५० हजार कित्ता संस्थापक सेयर पनि लिलामीमा ल्याएको हो । उक्त सेयरको न्युनतम मूल्य ७ सय ५३ रुपैयाँ रहेको छ । दुवै कम्पनीको सेयर खरिद बिक्रीको लागि संस्थापकहरु सेयरधनी वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवश्यक कागजात संकलन गरी चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

साथै, लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन पेश गर्न सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्