Shikhar Insurance

महुली लघुवित्तको साधारण सभा चैत २६ गते, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०८० चैत्र ४, आईतवार ११:१४
NIMB
Nabil Bank

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले ११औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत ३ गते बसेको सञ्चालक समितिको निर्णयले सभा चैत २६ गतेकम्पनीको केन्द्रिय कार्यालय महुली सप्तरीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीले सेयरधनीलाई गत आवको मुनाफाबाट लाभांश नदिने भएको छ । सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी प्रस्ताव पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

सभामा चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।्र

सभामा कम्पनीको संस्थापक तर्फको रहेको संचालक पदमा संचालक समितिबाट भएको मनोनयन अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।

साथै, सभा प्रयोजनका लागि कम्पनीले चैत १४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको को । चैत १३ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्